Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

आजकै दिनःचार्ली च्याप्लिनको निधन


आजकै दिनःचार्ली च्याप्लिनको निधन

एजेन्सी । सन् १९७७ मा आजकै दिन (डिसेम्बर २५) मा बेलायती हास्य अभिनेता चार्ली च्याप्लिनको स्विट्जरल्यान्डमा निधन भएको थियो । हास्यव्यंग्यका माध्यमबाट विश्व चर्चित बनेका चार्ली चलचित्र निर्माता, पटकथा लेखक तथा सम्पादकसमेत थिए ।

आफ्नो पूरा जीवन अरूलाई हसाएर बिताएका चार्लीको जन्म १८८९ अप्रिल १६ मा बेलायतको राजधानी लन्डनमा भएको थियो । सानै उमेरमा आफ्नो बुवा गुमाएपछि चार्ली चरम आर्थिक समस्याबाट गुज्रिएका थिए ।

उनको बुबा राम्रो अभिनेताका साथै नाम चलेका गायक थिए । आमा हन्ना चाप्लिन पनि अभिनेत्री तथा गायिका थिइन् । जसका कारण उनले सानैदेखि नै अभिनय कला सिक्ने मौका पाएका थिए ।

आमा बिरामी भएपछि उनले घर चलाउन १३ वर्षको उमेरमा अभिनय सुरु गरेका थिए । त्यसको करिब एक वर्षपछि उनले एउटा नाटकमा मुख्य भूमिका निर्वाह गर्ने अवसर पाए । उक्त अभिनयको निकै चर्चा भएपछि उनको अभिनय यात्राले उचाइ लिएको थियो ।

चार्लीले १९४० मा जर्मन तानाशाह हिटलरबारे ‘द ग्रेट डिक्टेटर’ फिल्म बनाएका थिए । फिल्ममा हिटलरको मुख्य भूमिका चार्ली आफैंले निभाएका थिए । हिटलरलाई हास्य चरित्रमा प्रस्तुत गरेका चार्लीको अभिनयको निकै प्रशंसा भएको थियो । चार्ली संवादविहीन फिल्मका सबैभन्दा प्रभावशाली कलाकार मानिन्छन् । उत्कृष्ट अभिनय र मानिसलाई हँसाउने विलक्षण प्रतिभाका कारण चार्लीलाई १९७२ मा मानार्थ अस्कर अवार्डबाट सम्मानित गरिएको थियो ।