Friday, June 06, 2025

२०८२ जेष्ठ २४, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सोनापुर मिनरल्सको आइपीओ बुधबार बाँडफाँड हुँदै


सोनापुर मिनरल्सको आइपीओ बुधबार बाँडफाँड हुँदै

काठमाडौं, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले सर्बसाधारणका लागि जारी गरेको आइपीओ बुधबार बाँडफाँड गर्ने भएको छ। कम्पनीको आइपीओ बुधबार बाँडफाँड गर्ने तयारी गरिरहेको एनआइबिएल एस क्यापिटलले बताएको छ। कम्पनीको आइपीओ निष्काशन भएको पाँचौ दिनसम्ममा ११ लाख १३ हजार ८५५ले आवेदन दिएका छन्।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार बिहीबार बेलुकी ५ बजेर ७ मिनेटसम्ममा ३ अर्ब ५० करोड ७८ लाख ९७ हजार २१० रूपैयाँको एक करोड ४७ लाख ६५ हजार १२० कित्ताका लागि आवेदन परेको हो। कम्पनीले ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर निष्काशन गरेको थियो।

कम्पनीको आइपीओमा आवेदन दिन झण्डै डेढ लाखको हात खालि हुने छ।कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी कुल २३७ रुपैयाँ ५८ पैसामा सर्वसाधारणका लागि सेयर निष्काशन गरेको छ।