काठमाडाैँ । गत कात्तिकमा औसत उपभोक्ता मूल्य वृद्धिदर ५.६० प्रतिशत छ । गत वर्षको सोही अवधिको तुलनामा यो केही बढी हो । २०८० कात्तिकमा यस्तो मूल्य वृद्धिदर ५.३८ प्रतिशत रहेको थियो ।
चार महिनाको अवधिमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक सबैभन्दा धेरै ३३.९९, दाल तथा गेडागुडीको १०.७८, खाद्य तथा खाद्यजन्य पदार्थको १०.१५ र घ्यू तथा तेलको ९.२९ प्रतिशतले बढेको छ । तर, यो समूहअन्तर्गत रहेको मरमसला उपसमूहको मूल्यवृद्धि १.४१, चिनी तथा चिनीजन्य पदार्थको १.२८ र माछा तथा मासुको ०.०२ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।
चालु आर्थिक वर्षको चार महिनाको अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ९.१० प्रतिशत र गैरखाद्य तथा सेवा समूहको ३.६५ प्रतिशत रहेको छ । गत वर्ष सोही अवधिमा यी समूहहरुको मूल्य वृद्धिदर क्रमशः ५.९८ प्रतिशत र ४.९९ प्रतिशतले रहेको थियो । गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १०.४१, मदिराजन्य पेय पदार्थको ६.३५, कपडाजन्य तथा जुत्ता चप्पलको ४.५७ र सुर्तीजन्य पदार्थको ४.२४ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।