Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अन्ततः दर्शन सहकारी समस्याग्रस्त घोषणा, १३ हजार बचतकर्ताको रकम के होला ?


अन्ततः दर्शन सहकारी समस्याग्रस्त घोषणा, १३ हजार बचतकर्ताको रकम के होला ?

काठमाडौं । भदौं १२ गते बागमति प्रदेश सरकार अन्र्तगत सहकारी महाशाखामा कीर्तिपुर स्थित दर्शन बचत तथा ऋण सहकारी संस्था सञ्चालक समिति र दर्शन सहकारी पीडित संघर्ष समितिबीच छलफल भएको थियो । छलफलमा सहभागि पीडित समितिका संयोजक कंचन महर्जन, एमाले स्थानीय नेता केशरत्न बज्राचार्य, बाघ भैरव सहकारीका निलम्बीत लेखा समिति संयोजक पन्नारत्न बज्राचार्य लगायत केहि बचतकर्ताकोबीच भएको छलफलमा एक अर्कामा आरोप प्रत्यारोपमै केन्द्रीत भएपछि रजिष्ट्रारको कार्यालयले अन्तिम निर्णयका विषयमा सोधेको थियो । सोहि समय संघर्ष समितिले संस्थालाई समस्याग्रस्त घोषणाकालागि पहलगरिदिन आग्रह गरेको थियो । त्यो विषय सञ्चालक समितिले अस्विकार गरेपनि रजिष्ट्रारको कार्यालयले लिखित निर्णय गराएको थियो तर, सो निर्णयमा दर्शन साकोसका पदाधिकारीहरुले हस्ताक्षर भने गरेनन् ।

त्यसपछि पनि संघर्षले निरन्तर दर्शन साकोसलाई बचत फिर्ताकालागि दवाव दिइरह्यो । प्रधानमन्त्री कार्यालयदेखि विभिन्न निकायमा बचत फिर्ताकालागि दवाव पर्यो । सोहि बीचमा सञ्चालक समितिका घरहरुमा धर्नादिने, सहकारीकै कार्यालयमा धर्नादिने, कर्मचारीहरुलाई अपशब्द प्रयोग गर्ने, साना बचतकर्ताको रकम वितरणमा रोक लगाउने जस्ता क्रियाकलाप गरेको भन्दै सहकारीले कार्यालय बन्द गरेको विज्ञप्ती मार्फत जनाएको थियो । यो बीचमा प्रदेश रजिष्ट्रारको निर्देशनमा दर्शन साकोसले ५ हजारदेखि ५० हजारसम्मको बचतफिर्ता गरिरहेको अबस्थामा पीडित संघर्ष समितिका संयोजक महर्जन, एमाले नेता बज्राचार्य, पुर्व वडा अध्यक्ष गंगाराम महर्जन लगायतको बचतकर्ताहरुले कार्यालयमा तोडफोडसम्मको प्रयास गरेको भिडिओ दर्शन साकोसकै फेसबुक पेजमा सार्वजनिक गरि पुनः कार्यालय बन्द भएको थियो । यहि बीचमा बागमती प्रदेश संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयले दर्शन सहकारीलाई प्रदेश सहकारी ऐन, २०७६ को दफा ८१ को उपदफा २ बमोजिम समस्याग्रस्त सहकारी घोषणा गरेको हो ।

दर्शन सहकारीमा राजनीतिक र व्यक्तिगत स्वार्थ हावी
दर्शन सहकारीले बचत फिर्ता नगरेको भन्दै कार्यालयमा पहिलो पटक तालाबन्दी भएपछि सो विषय कीर्तिपुर प्रहरीमा पुगेको थियो । त्यहि बीचमा दर्शन सहकारीका अध्यक्ष निदेश दर्शनधारी सहित पदाधिकारीहरुलाई उपस्थित गराई छलफल गर्ने बचतकर्ताको प्रस्तावपछि प्रहरीले छलफलकालागि पदाधिकारीलाई प्रहरीमा ल्याइएको थियो । सो समय दर्शन साकोसका अध्यक्ष सिभिल अस्पतालमा भर्ना भएका थिए । प्रहरीसँगको छलफलमा कीर्तिपुर नगरपालिकाको गत स्थानीय निर्वाचनमा मेयरमा पराजित एमालेका स्थानीय युवा नेता केशरत्न बज्राचार्य बचतकर्ताका तर्फबाट सहजिकरणकालागि पुगेका थिए ।

दर्शन साकोसका पुर्व सञ्चालककै आग्रहमा बचतकर्तासँग सहजिकरणमा बसेका बज्राचार्यकै पहलमा सहकारीको ताला खोलिएको थियो । बचत फिर्ताकालागि कार्ययोजना बनाउने र सोहि अनुसार बचतफिर्ता गर्ने सहमति सहित दर्शन सहकारीको कार्यालयमा लागेको तालाबन्दी खुलेपछि कार्यसम्पादन सुरुभयो । तर, बीचमा विभिन्न विषयहरु प्रवेश गराई सहकारीमा समस्या बढ्दै गयो । बचत फिर्ताको सहमति कार्यान्वयन नभएको भन्दै पटक—पटक आन्दोलन भए । प्रदेशका तत्कालिन सहकारी मन्त्री शैलेन्द्र बज्राचार्य सहित सहकारी महाशाखाका रजिष्ट्रारको उपस्थितिमा छलफल भएको थियो । सोहि छलफलमा संस्थाको वित्तीय विवरण सार्वजनिक गरिएपछि सहकारीमा थप जटिलता बढ्दै गयो ।

त्यसपछि गुनु तामाङ नेतृत्वको बचत फिर्ता सहजिकरण समिति आयो । बचतफिर्ताको दवाव बढ्दै गर्दा संस्था बन्दहुने पुनः खुल्ने क्रम जारी रह्यो । यो बीचमा संस्थाका सञ्चालक र संघर्ष समितिका व्यक्ति बीच आन्तरिक किचलो बढ्दै गयो । राजनीतिक आरोप प्रत्यारोप, रकम बार्गेनिङ जस्ता विषय बाहिर आउन थाले सहकारी थप कमजोर बन्दै गयो । सहकारीले बचतफिर्ता नगरेको विषय संसदीय समितिदेखि प्रधानमन्त्री कार्यालयसम्म पुग्यो । संस्थाका अध्यक्ष दर्शनधारीले सम्बन्धीत निकायमा जवाफ दिदै गएपनि अन्ततःसहकारी समस्याग्रस्त घोषणा भईछाड्यो ।

१३ हजार बचतकर्ताको रकम के हुन्छ ?
समस्याग्रस्त घोषणा भएसँगै अब सहकारी संस्थाको सम्पुर्ण सम्पत्ति, बचतफिर्ताको अधिकार सरकारसँग रहन्छ । भूमि व्यवस्था,सहकारी तथा गरिबी निवार मन्त्रालय अन्तरगत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले अबको पाटो हेर्ने हो । तर, दर्शन सहकारी समस्याग्रस्त हुनुअघि अन्य २१ सहकारीको समस्या जहाँको त्यहि छ । उनिहरुका बचतकर्ताको दायित्व पुरागरि दर्शन सहकारीको पालो आउने भएकाले कति बर्ष लाग्ने भन्ने छैन् । यसरी हेर्दा सहकारी समस्याग्रस्त हुँदा बचतकर्ताको रकम जोखिम भएको होइन तर, फिर्ता हुने समय कति लाग्ने भन्ने एकिन छैन् । राज्य संयन्त्र, न्यून जनशक्तीका कारण व्यवस्थापन समितिले काम गर्न ढिलाइ गर्न सक्छ । उसो त, अझै कयौं सहकारी सस्याग्रस्तको लिष्टमा रहेकाले थप समय लाग्ने देखिएको छ ।

-समस्याग्रस्त सहकारीको लिष्ट
१ ओरेण्टल को–अपरेटिभ
२ स्ट्याण्डर्ड सेभिङ को–अपरेटिभ
३ प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेन्ट को–अपरेटिभ
४ प्रभु बचत तथा ऋण सहकारी संस्था
५ कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ
६ कन्जुमर बचत तथा ऋण सहकारी संस्था
७ कुवेर बचत तथा ऋण सहकारी संस्था
८ चार्टर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड
९ भेगास बचत तथा ऋण्या सहकारी संस्था
१० स्ट्याण्डर्ड मल्टिप्रपोज को–अपरेटिभ लिमिटेड
११ समोसाइटल बचत तथा ऋण सहकारी संस्था
१२ लुनिभा बहुउद्देश्यीय सहकारी संस्था
१३ पशुपति सेभिङ क्रेडिट को–अपरेटिभ लिमिटेड
१४ शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
१५ तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड
१६ हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड
१७ कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था
१८ कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड
१९ लालीगुरास बहुउद्देश्यीय सहकारी संस्था
२० गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
स्रोत ः भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय