काठमाडौं,२६ असार । राष्ट्रिय सभा सदस्य दिलकुमारी थापा रावल (पार्वती)ले सरकारले नयाँ वडा सिर्जना गरेर बजेट विनियोजन गरेको भन्दै आपत्ति जनाएकी छिन् । मंगलबार राष्ट्रिय सभाको बैठकमा विनियोजित बजेटबारे बोल्दै उनले चितवनको माडीमा ९ वटा वडा रहेको तर केन्द्र सरकारबाटै १० औं वडामा बजेट विनियोजित गरेको भन्दै आपत्ति जनाएकी हुन् । चितवनको माडीमा ९ वटा वडा छ तर १० औं वडामा संघ सरकारबाट बजेट विनियोजन भएको छ ।
१० लाख सिंचाइ मन्त्रालयअन्तर्गत भएको छ । ९ किलो सडकका लागि भौतिक मन्त्रालयबाट ५ लाख विनियोजित भएको छ, उनले भनिन् । देश संघीयतामा गइसकेपछि पनि संघबाट नै लाखको योजना गइरहेको भन्दै उनले आपत्ति जनाइन् । बिरामीहरुको उपचारलाई सहज बनाउनेतर्फ सरकार लाग्नुपर्नेसमेत उनले बताइन् । ‘एकातिर बिरामीहरुको उपचारलाई सहज बनाउनेतर्फ सरकारको दायित्व हो भने अर्को रोगै लाग्न नदिन निरोगी नागरिक उत्पादन गर्नेतर्फ सरकारले ध्यान दिनुपर्छ ।
औषधि उत्पादनतर्फ हेर्दा औषधिको उत्पादन, भण्डारण र गुणस्तरीयतामा सरकारले ध्यान दिनुपर्छ, उनले भनिन् । अर्थ मन्त्रालयमा सबैभन्दा धेरै ५७ प्रतिशत बेरुजु भएको भन्दै उनले प्रश्न गरिन्,यो के भइरहेको छ रु योजना आयोग र वित्त आयोगहरुले सिफारिस गरेको कुरा किन कार्यान्वयन हुन सक्दैनन् । प्रधानमन्त्रीकै अध्यक्षतामा रहेको राष्ट्रिय योजना आयोग, संवैधानिक आयोग, प्राकृतिक तथा श्रोत वित्त आयोगको कार्यान्वयन भएको छैन ।ु