Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सडक सुरक्षाकालागि काठमाडौं महानगरले सडक सघाउने


सडक सुरक्षाकालागि काठमाडौं महानगरले सडक सघाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले राजधानीको सवारी व्यवस्थापन गर्न ट्राफिक लाइट, सीसी क्यामेरा जडान, रोड मार्किङ र जेब्रा क्रसिङलगायतमा सहयोग गर्ने भएको छ । ट्राफिक प्रहरीसँग समन्वय गरेर महानगरले सवारी व्यवस्थापनका लागि आवश्यक पूर्वाधार निर्माणमा सहयोग गर्ने वचन दिएको हो ।

महानगरको सहयोगमा तीन महिनाभित्र ट्राफिक लाइटसहितका पूर्वाधार व्यवस्थापन गरिने छ ।सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह– २०८०’को समापन कार्यक्रममा काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोलले महानगरभित्र ट्राफिक व्यवस्थापन गर्न सीसीटीभी जडान, सडक रेखांकन, जेब्रा क्रसिङ विषयमा महानगरपालिकाका तर्फबाट प्रहरीलाई सहयोग गर्ने बताइन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ६८औं नेपाल प्रहरी दिवस–२०८०’को पूर्व सन्ध्यामा साताव्यापी सडक सुरक्षा र सचेतना कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रमको शुक्रबार समापन गर्दै महानगरकी उपप्रमुख डंगोलले राजधानीको सवारी व्यवस्थापन चुनौतीपूर्ण बनेको बताइन् । ‘बिस्तारै गए अवश्य पुगिन्छ हतार गरे भन्न सकिन्न’ भन्ने ट्राफिक प्रहरीको स्लोगन सार्थक रहेको डंगोलले बताइन् । सडक सुरक्षा ट्राफिक प्रहरीको मात्र नभएर सबैको उत्तिकै जिम्मेवारी रहेको उनको भनाइ छ ।

उनले आगमी तीन महिनाभित्र काठमाडौं उपत्यकाका मुख्य चोकमा सीसी क्यामेरा र ट्राफिक लाइटको व्यवस्था गर्ने, सडक धुलोरहित बनाउने र सडकमा भएका खाल्डाखुल्डी पुर्न महानगरले सहयोग गर्ने बताइन् । ट्राफिक लाइट पर्याप्त नहुँदा राजधानीका मुख्य चोकमा सवारी आउजाउमा ट्राफिक प्रहरी दिनभर उभिएर व्यवस्थापनमा खटिनु पर्ने बाध्यता छ । प्रहरीका अनुसार अहिले राजधानीका ३६ स्थानमा मात्रै ट्राफिक लाइट जडान गरिएका छन् ।

त्यसमध्ये पनि व्यस्त समयमै लाइटले काम नगर्दा प्रहरी उभिएर आजागमनमा सहजीकरण गर्नुपर्ने बाध्यता छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टले विश्वभर करिब साढे १३ लाखभन्दा बढीले सवारी दुर्घटनाका कारण ज्यान गुमाउने गरेको र नेपालमा औसत दैनिक ६ जनाको दुर्घटनामा ज्यान जाने गरेको उनले बताए । यो अनुपातमा नेपालमा सरदर २ हजार ५ सय जनाले दुर्घटनाबाट ज्यान गुमाउने गरेका छन् ।

कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापा, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, ट्राफिक प्रहरी प्रमुख पोषराज पोखरेल, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरलगायतले सवारी व्यवस्थापन गर्न राज्यका सम्वन्धित निकायको एकीकृत पहल आवश्यक रहेको बताएका थिए । साताव्यापी सचेतना कार्यक्रमका क्रममा स्वयंसेवक पठाएर सहयोग गर्ने ११ वटा संघसंस्था, उत्कृष्ट कार्य गर्ने ५ ट्राफिक प्रहरी, ३ जना काठमाडौं महानगर प्रहरी, ७ जना चालक तथा सहचालकलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो । गत साता उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कार्यक्रम उद्घाटन गरेका थिए । काठमाडौं महानगरकी उपप्रमुख डंगोलले शुक्रबार समापन गरेकी हुन् ।

सचेतना कार्यक्रममा ५ हजार २ सय ६५ स्वंमसेवक परिचालन र २ हजार ५ सय ६० जनालाई ट्राफिक सचेतना प्रशिक्षण दिइएको थियो । त्यस क्रममा ८ सय ६५ चालक तथा परिचालकको स्वास्थ्य परीक्षण गर्नुका साथै ८० हजार ट्राफिक चेतनामूलक स्टिकरहरू वितरण गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।