Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

अमेरिकी डलर, युरो र अष्ट्रेलियन डलरको भाउ घट्यो, कति मुद्रामा हुँदैछ किनबेच?


अमेरिकी डलर, युरो र अष्ट्रेलियन डलरको भाउ घट्यो,  कति मुद्रामा हुँदैछ किनबेच?

काठमाडौं । मंगलबार अमेरिकी डलरको भाउसँगै युरोपियन युरो र अष्ट्रेलियन डलरको भाउ घटेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ १० पैसा र बिक्रीदर १३२ रुपैयाँ ७० पैसा कायम गरिएको छ ।

सोमबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८५ पैसा थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा १५ पैसा घटेको हो ।
त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४४ रुपैयाँ ९५ पैसा र बिक्रीमा १४५ रुपैयाँ ६१ पैसा पाइन्छ ।
सोमबार युरो एकको खरिददर १६५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४६ रुपैयाँ २८ पैसा तोकिएको थियो ।
यस्तै, मंगलबार अष्ट्रेलियन डलरको भाउ पनि घटेको छ ।
आज अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रुपैयाँ ६३ पैसा र बिक्रीमा ८७ रुपैयाँ ०२ पैसा तोकिएको छ । अष्ट्रेलियन डलर अघिल्लो दिनको तुलनामा २७ पैसा घटेको हो ।

त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ ६२ पैसा र बिक्रीमा ९९ रुपैयाँ ०७ पैसा पाइन्छ । पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६८ रुपैयाँ १६ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९३ पैसा तोकिएको छ । यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ १३ पैसा र बिक्रीमा ३६ रुपैयाँ २९ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ २१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३७ पैसा तोकेको छ ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९७ पैसा र बिक्रीमा ३६ रुपैयाँ १३ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रुपैयाँ ९८ पैसा र बिक्रीमा २९ रुपैयाँ ११ पैसा रहेको छ ।