Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

९२ लाखको भ्रष्टाचार गरेको अभियोगमा सचिवसहित १६ जनाविरुद्ध मुद्दा दायर


९२ लाखको भ्रष्टाचार गरेको अभियोगमा सचिवसहित १६ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९२ लाखको भ्रष्टाचार गरेको अभियोगमा सचिवसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा उच्च मूल्य कृषि वस्तु विकास आयोजना सुर्खेतका आयोजना प्रमुख तथा कर्णाली प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव राजेन्द्र प्रसाद भारीसहित १६ जनाविरुद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

सुर्खेतको वीरेन्द्रनगर औद्योगिक क्षेत्रभित्र शीत भण्डार निर्माण कार्यमा वास्तविक कार्यभन्दा बढी भुक्तानी भएको भन्ने उजुरी अख्तियारमा परेको थियो । ‘वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा शीत भण्डार निर्माण कार्य गर्दा विषय विज्ञद्वारा प्रमाणित नगरिएको शीत भण्डारको खेस्रा डिजाइन तथा नक्साको आधारमा लागत अनुमान तयार गरी, खेस्रा नक्सासमेतको विपरीत हुने गरी निर्माण कार्य गरी/गराई र नभए/नगरेको निर्माण कार्यलाई भए/गरेको भनी नापी किताबमा सहीछापसमेत गरी तथा गुणस्तरहीन कार्यलाई गुणस्तरको कार्य भनी प्रमाणित गरी वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा शीत भण्डार निर्माण कार्य गर्दा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कर्णाली प्रदेश तथा उच्च मूल्य कृषि वस्तु विकास आयोजना सुर्खेतबाट कर्णाली कोल्ड चेन लजिस्टिक प्रा.लि., सुर्खेतलाई भुक्तानी भएको बयानब्बे लाख त्रिचालीस हजार दुई सय अन्ठानब्बे रुपैयाँ बिगो बराबरको सरकारी हानिनोक्सानी भई भ्रष्टाचारजन्य कसुर भएको,’ अख्तियारको ठहर छ ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार तत्कालीन आयोजना प्रमुख तथा सचिव भारीसहित अन्य सब–इन्जिनियर गणेश भण्डारी, वरिष्ठ कृषि अर्थ विज्ञ हरि प्रसाद पण्डित, लेखा अधिकृत हरि बहादुर थापा, तत्कालीन नि. निर्देशक भक्तिराम शर्मा, योजना शाखाका प्राविधिक सहायक (कृषि अधिकृत) गुरु प्रसाद अधिकारी, लेखा अधिकृत उत्तम कुमार बस्नेत, तत्कालीन उच्च मूल्य कृषि वस्तु विकास आयोजना (ज्ख्ब्ए,सुर्खेतका लेखा अधिकृत खिमलाल वली, तत्कालीन उच्च मूल्य कृषि वस्तु विकास आयोजना (ज्ख्ब्ए), सुर्खेतका कृषि अधिकृत सुरेश कुमार थापा र सह लेखापाल उषा ठाडा,तत्कालीन उच्च मूल्य कृषि वस्तु विकास आयोजना (ज्ख्ब्ए), सुर्खेतका सब इन्जिनियर सुवर्ण राज भारती, कर्णाली कोल्ड चेन लजिस्टिक प्रा.लि., सुर्खेतको सञ्चालक समितिका तत्कालीन अध्यक्ष प्रकाश अधिकारी, हालका अध्यक्ष कलाधर उपाध्याय, सदस्य लक्ष्मण कँडेल, प्रबल शाही र इन्जिनियर महेश शर्माविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।