Monday, November 25, 2024

२०८१ मंसिर १०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सरकार र आन्दोलनरत राहत शिक्षकबीच ५ बुँदे सहमति, आन्दोलन फिर्ता


सरकार र आन्दोलनरत राहत शिक्षकबीच ५ बुँदे सहमति, आन्दोलन फिर्ता

काठमाडौं,सरकार र आन्दोलनरत राहत शिक्षकहरुबीच ५ बुँदे सहमति भएको छ। सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शुक्रबार राहत तथा बालविकास शिक्षकहरुबीच सहमति गरेको हो।सरकार र आन्दोलनरत राहत शिक्षकबीच ५ बुँदे सहमति, आन्दोलन फिर्ता सरकार र महासंघबीच असोज ५ गते भएको सहमतिमा राहत, अनुदान कोटामा कार्यरत शिक्षकको सीमित प्रतिस्पर्धासम्बन्धी व्यवस्थालाई एक पटकका लागि आन्तरिकतर्फ ७५ प्रतिशत कायम गर्ने उल्लेख थियो। सरकारले ल्याएको विधेयकमा ५० प्रतिशत भनिएको छ।

७५ प्रतिशत बनाउने सहमतिप्रति असहमति जनाउँदै राहत शिक्षकहरुले आन्दोलन जारी राखेका थिए।आन्दोलनरत शिक्षकहरुले शुक्रबारबाट आन्दोलन रोकेर विद्यालयमा जाने र अब आन्दोलनभन्दा पनि विधेयक संशोधनका लागि लबिइङ आवश्यक रहेको बताए। सहमतिपछि सञ्चानरकर्मीहरुसँग कुरा गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्रस्तावित विद्यालय शिक्षासम्बन्धी संघीय ऐन निर्माणमा नपुगेका, छुटफुट कुरालाई संसदीय प्रक्रियाद्वारा समावेश गर्नेगरी सहमति भएको बताएका छन्।

उनले सम्झौतालाई संसद्‌मा प्रस्तुत गरी संसदीय प्रक्रियाद्वारा विधेयकलाई पारित गर्दा सबै कुरा समेटिने प्रतिबद्धता जनाए। सरकारले विद्यालय शिक्षा विधेयक संसद्‌मा दर्ता गराएपछि नेपाल शिक्षकहरु असोज ३ गतेदेखि विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएका थिए।