Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

इन्जिनियरिङ अध्ययन संस्थानले बढाएको शुल्क विरुद्ध विद्यार्थीको अनशन


इन्जिनियरिङ अध्ययन संस्थानले बढाएको शुल्क विरुद्ध विद्यार्थीको अनशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) ले दोब्बरभन्दा बढीले स्नातक तहको शुल्कवृद्धि गरेपछि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन्।

गत साउन २५ को निर्णयअनुसार भन्दै भदौ ४ मा सूचना निकालेर संस्थानले आंगिक क्याम्पस स्नातक तह (बी.ई, बी.आर्क) को शुल्कवृद्धि गरेपछि विद्यार्थीले विरोध गरेका हुन्।

शुल्कवृद्धि फिर्ता लिन फिर्ताको मागसहित नेविसंघ पुल्चोक क्याम्पसका नेता सुलभ चापागाईं अनशन बसेका छन्। नेविसंघ केन्द्रीय समितिले उनको अनशनमा ऐक्यबद्धता जनाएको छ। ललितपुरको पुल्चोक, काठमाडौंको थापाथली, धरान, चितवन र पोखरामा आंगिक क्याम्पस छ।

नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले बुधबार पत्रकार सम्मेलन गर्दै शुल्कवृद्धि फिर्ता लिन ३ दिने अल्टिमेटम दिएका छन्। सो अवधिभित्र संस्थानले शुल्कवृद्धि फिर्ता नगरे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा प्रदर्शन गर्ने शेर्पाले बताएका छन्। ३ लाख १३ हजार रुपैयाँ शुल्क रहेकोमा वृद्धि गरी ७ लाख ७५ हजार ४ सय २० रुपैयाँ पु¥याएपछि विद्यार्थी संघसंगठनहरूले शुल्क वृद्धि फिर्ता गर्नुपर्ने मागसहित विरोध गरेका हुन्।

पश्चिमाञ्चल क्याम्पस पोखरामा पनि नेविसंघलगायत विद्यार्थी संघसंगठनले शुल्कवृद्धि फिर्ता गर्नुपर्ने मागसहित प्रदर्शन गरेका छन्। शुल्कवृद्धि फिर्ताको माग गर्दै नेकपा एमालेनिकट अनेरास्ववियुले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईलाई भेटेर ज्ञापन पत्र बुझाइसकेका छन्। इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गतका आंगिक क्याम्पसहरूमा बढाइएको शुल्क फिर्ता गर्न अनेरास्ववियुले माग गरेको हो।

‘सर्वसुलभ रूपमा गरिब जेहेन्दार विद्यार्थीको पहुँचमा नरहने गरी गरेको शुल्क वृद्धिले सरकार नै इन्जिनियरिङ विषयमा व्यापार गर्न उद्यत् रहेको पुष्टि हुन्छ,’ अनेरास्ववियुले शिक्षा मन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख छ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालले शिक्षा मन्त्री राईसँग शुल्क वृद्धि तत्काल फिर्ता लिन माग गरेका छन्। आफूहरूको माग कार्यान्वयन नभए थप आन्दोलन गर्ने उनको भनाइ छ।

संस्थानले भने लामो समयपछि शुल्कवृद्धि गरिएको बताएको छ। २०५३ सालपछि संस्थानले अहिले शुल्कवृद्धि गरेको हो। शुल्कबारे छलफल गर्न सहायक डिन सुरज लामिछानेको नेतृत्वमा वार्ता टोलीसमेत गठन गरिएको छ।