Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

वायुसेवा निगमको ४ अर्ब ऋण चुक्ता


वायुसेवा निगमको ४ अर्ब ऋण चुक्ता

काठमाडौं, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगमको ४ अर्ब ऋण तिरिसकिएको बताएका छन्। आफू मन्त्री भएर जिम्मेवारी सम्हालेपछि वायुसेवा निगमको ४ अर्ब ऋण तिरिएको र आगामी दिनमा नयाँ जहाज खरिद प्रक्रिया अगाडि बढाउन लागिएको उनले बताए। वायुसेवा निगमको ४ अर्ब ऋण तिरियो, साना जहाज खरिद गर्दैछौं मन्त्री किराँती अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबारको बैठकमा मन्त्री किराँतीले भने, दुई पटक गरेर ४ अर्ब ऋण तिरिसकेका छौं ।

साना जहाज खरिदको प्रक्रियामा अगाडि बढेका छौं। वायुसेवा निगमको इतिहास लामो रहेको र धमिजा,लाउडा काण्ड भोग्दै आएकोले अवस्था जटिलता बन्दै गएको पनि मन्त्री किराँतीले बताए।नेपालमा वायुसेवा सञ्चालन र नियमनको कानुनी प्रावधान पनि नयाँ नरहेको मन्त्री किराँतीको भनाइ छ। रेष्टुरेन्ट चलाउने ऐन र जहाज चलाउने ऐन एउटै छ नेपालमा, उनले भने। चिनियाँ जहाज ग्राउन्डेड हुँदा निगमले नियमित रुपमा घाटा बेहोरिरहेको मन्त्री किराँतीको दाबी छ।

उनले ती विमानको पार्किङ र बीमा रकमले नै निगमलाई नियमित घाटामा लगिरहेको बताए। चलाउन पनि नसकिने र त्यसको दायित्वबाट पनि उन्मुक्ति नमिलेको उनले दुखेसो पोखे। यसको पार्किङ चार्ज पनि तिर्नुपर्ने छ। यी जहाज भालुको कम्पट भएको छ। समाउ हात थाकिसक्यो, नसमाउ आफैलाई खान्छ। मन्त्रीले नागरिक उड्डयनसँग सम्बन्धित २ विधेयक मन्त्रिपरिषदमा पुगेको पनि बताए। वायुसेवा सञ्चालन र नियमन गर्ने विधेयकमा अर्थ मन्त्रालय र कानुन मन्त्रालयको सहमति प्राप्त भइसकेको उनले बताए।