Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

चेम्बरद्धारा कोसोभो देशसँग व्यापारिक साझेदारीको प्रस्ताव


चेम्बरद्धारा कोसोभो देशसँग व्यापारिक साझेदारीको प्रस्ताव

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले कोसोभो देशसँग व्यापारिक साझेदारीको प्रस्ताव गरेको छ । मंगलबार बंगलादेशका लागि कोसोभोका राजदूत गुनेर उरेयासंग भेटबार्तामा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले व्यापार एवं लगानीका लागि प्रस्ताव गरेका हुन् ।

कोसोभोमा नेपालको कुटनीतिक सम्वन्ध स्थापना नभएपनि व्यापार र लगानीको सम्भावना भएका क्षेत्रमा सहकार्यका लागि राजदूत उरेयासंग अध्यक्ष मल्लले आग्रह गरेका छन् । ‘दुवै देशको चेम्बर अफ कमर्सबीच सहकार्य गरेर व्यापार एवं संयुक्त लगानीको सम्भावना भएका क्षेत्रमा सहकार्यका लागि प्रस्ताव गर्दछु’, अध्यक्ष मल्लले भने ।

नेपालको जलविद्युत, पर्यटन एवं सूचना प्रविधिको क्षेत्रका लगानी गर्न अध्यक्ष मल्लले राजदूत उरेयासँग आग्रह समेत गरे । नेपालमा लगानीको प्रतिफल सुनिश्चित गर्नका लागि चेम्बरले पहल गर्ने अध्यक्ष मल्लको भनाइ छ । भेटवार्ताका क्रममा राजदूत उरेयाले हिमालयको देश नेपालबाट आफु निकै प्रभावित भएको बताए । उनले दुई मुलुकबीच व्यापार सहजीकरणका लागि पहल गर्ने बताए ।