Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

यशोदा फुड्सले सार्वजनिक गर्यो: करेन्ट नामको ट्रेडमार्क र लेबलका प्रमाणपत्र


यशोदा फुड्सले सार्वजनिक गर्यो: करेन्ट नामको ट्रेडमार्क र लेबलका प्रमाणपत्र

काठमाडौं । करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले आफूले उद्योग बिभागबाट प्राप्त गरेको करेन्ट नामको ट्रेडमार्क र लेबलका प्रमाणपत्र सार्वजनिक गरेको छ । प्रतिस्पर्धी सीजी फुड्सले बिभागको निर्णयबिरुद्ध अदालतमा मुद्दा दायर गरेको र अदालतले ‘कानुन बमोजिम गर्नू’ भनी आदेश गरेको जानकारी दिँदै यशोदा फुड्सले अदालतको अबहेलना हुने गरी सीजी फुड्सले भ्रमपूर्ण प्रचार गरेको बताएको विज्ञप्तीमा उल्लेख गरेको छ ।

यशोदा फुड्सले सयौं लेबल र ट्रेडमार्क दर्ताका लागि विभागमा आवेदन दिएको र कुनै एक लेबलमा विपक्षीले विरोध गर्दै अदालतको गएको विषयलाई भ्रमपूर्ण प्रचार गरेको भन्दै उसले आपत्ति जनाएको छ । करेन्ट चाउचाउ बिक्री वितरणमै रोक लगाइएको, बजारमा गएको समान समेत फिर्ता लिनुपर्ने भन्ने जस्ता भ्रमपूर्ण प्रचार नगर्न समेत उसले विपक्षीलाई आग्रह गरेको छ ।