Tuesday, January 13, 2026

२०८२ पुष २९, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

स्वावलम्बन लघुवित्तले गर्याे लाभांश घोषणा


स्वावलम्बन लघुवित्तले गर्याे लाभांश घोषणा

काठमाडौं, स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षसम्मको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा भएको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको १३.०१ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १२.३५९९ प्रतिशत बोनस सेयर रहेको छ भने ०.६५०५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।

असोज ३० गते, मंगलबार बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारि गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

हाल लघुवित्तको चुक्ता पूँजी १ अर्ब २९ करोड ४ लाख ९५ हजार ५०० रुपैयाँ रहेको छ। १२.३५ प्रतिशत बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी १ अर्ब ४५ करोड पुग्नेछ।