Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

चाडपर्व नजिकिँदा बजारमा उपभोग्य वस्तुको मूल्य अचाक्ली


चाडपर्व नजिकिँदा बजारमा उपभोग्य वस्तुको मूल्य अचाक्ली

काठमाडौं,दशै तिहारलाई लक्षित गर्दै दिन प्रतिदिन बजारमा कालोबजारी बढी रहेको छ। बजेट भाषणसँगै मूल्यवृद्धि हुने भन्दै असारमा विभिन्न सामग्री लुकाउँदै कृतिम अभाव सिर्जना गर्ने गर्छन र दशैं तिहार नजिकिएसँगै अत्यावश्यक उपभोग्य सामग्रीको कालोबजार गर्ने गरेको छ। सरकारी निकायले बजार अनुगमन गर्ने गरे पनि यो नामको मात्र अनुगमन भएका कारण कालोबजारी झन् बढ्दै गएको उपभोक्ताहरुको आरोप छ।

बजारमा हिजोआज चिनीको कृत्रिम अभाव सृजना गरेको छ तर सरकारी निकायले कडाइका साथ अनुगमन गर्न नसक्दा उपभोक्ताले महँगो मूल्यमा खरिद गर्नुपर्ने बाध्यता छ।अनुगमनलाई निर्मम र कडा बनाउनुपर्ने सुझाव उपभोक्ताको छ।दशैँ, तिहार, छठ जस्ता ठूला चाडपर्व नजिकिँदा बजारमा उपभोग्य वस्तुको मूल्य अचाक्ली महँगिएको छ। बजारमा चिनीको मूल्य प्रतिकेजी १४० रुपैयाँ पुगेको छ। जब सरकारी संस्था साल्ट ट्रेडिङ्ले चिनीको मूल्य प्रतिकेजी ९७ रुपैयाँ मात्र कायम गरेको छ।

चिनी मात्र होइन अन्य उपभोगका सामानमा पनि मूल्यवृद्धि भएको छ। बिहीबार मात्र काठमाडौंको कुलेश्वरमा रहेको सबैभन्दा ठूलो चिनी गोदाम सिल गरिएको थियो। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनका क्रममा गुह्येश्वरी ट्रेडिङको गोदाममा ७० हजार किलो चिनी भण्डारण गरेर राखिएको र लेबल अस्पष्ट भएको चिनीको गोदाम सिल गरेको हो।