काठमाडौं । गैर आवासिय नेपाल संघ (एनआरएनए)का अध्यक्ष कुल आचार्यले नेपाली बैंक तथा वित्तीय संस्थाहरु आर्थिक नीतिमा चुकेको धारणा व्यक्त गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको राष्ट्रिय आर्थिक वहस सुधारका लागि सहकार्य विषयमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
त्यस्तै, नेपालबाट विदेशमा पैसा नपठाउन उनले आग्रह गरेका छन् । ‘एनआरएनएले एक तिहाई अर्थतन्त्र धानिरहेका छन्, वैदेशिक रोजगारीमा गएकाहरुलाई सामाजिक सुरक्षा कोष जोडेपछि अर्ब भन्दा बढी रकम चैतसम्म उठेको छ, यसले सहज भएको छ,’ उनले भने ।
नेपालीको अर्थतन्त्र सुधारका लागि एनआरएनए सधैं तयार रहेको बताउँदै उनले सरकारले सोही किसिमको सहज वातावरण सिर्जना गर्नुपर्ने जीकिर गरे ।