Sunday, November 09, 2025

२०८२ कार्तिक २४, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बजार अनुगमन तीव्र, ४ पसललाई ९० हजार जरिवाना


बजार अनुगमन तीव्र, ४ पसललाई ९० हजार जरिवाना

काठमाडौं, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधवार ४ वटा कम्पनीलाई कारबाही गरेको छ। दसैँ केन्द्रीय बजारमा उपभोक्तालाई विभिन्न बाहानमा ठगेको र खरिद बिल नराखेको, मूल्य सूची नराखेका कम्पनीलाई विभागले कारबाही गरेको हो। तथ्यांक अनुसार भक्तपुरको खाद्य वस्तु पसललाई १० हजार जरिवाना गरिएको विभागले बताएको छ।

यस्तै, सुन्दर बस्तीको किराना पसललाई १० हजार रुपैयाँ जरिवाना गरेको छ। यसबाहेक, व्यासीको किराना पसललाई २० हजार रुपैयाँ तिराएको विभागले बताएको छ।

यस्तै, विभागले काठमाडौँको किराना पसललाई ५० हजार रुपैयाँ जरिवाना गरिएको विभागका प्रवक्ता आनन्दराज पोखरेलले बताएका छन्। तर, विभागले कारबाहीमा परेका कम्पनी र फर्महरूको सूची भने खुलाएको छैन। विभागले बुधवार कूल २१ वटा पसलमा अनुगमन गरेको थियो। यसमध्ये अधिकांशलाई सामान्य निर्देशन दिइएको विभागले बताएको छ।