Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

१ अर्ब लगानीमा बन्दै ‘सिद्धार्थ भिलासा बन्बासा’ रिसोर्ट


१ अर्ब लगानीमा बन्दै ‘सिद्धार्थ भिलासा बन्बासा’ रिसोर्ट

काठमाडौं । चितवनको सौराहामा सिद्धार्थ हस्पिटालिटीले लक्जरी रिसोर्ट ‘सिद्धार्थ भिलासा बन्बास’ सञ्चालन गर्ने भएको छ ।
‘भिलासा’ सिद्धार्थ ग्रुपको लक्जरी ब्राण्ड हो सिद्धार्थ ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपानेका अनुसार स्थानीय व्यवसायी बासु ढुंगानाले निर्माण गरेको रिसोर्टमा सिद्धार्थ ग्रुपले लगानीसहित व्यवस्थापनको जिम्मेवारी लिएको हो ।

यो रिसोर्ट दशैं अगाडि सञ्चालनमा आउने कम्पनीले जनाएको छ । रिसोर्टमा २२ भिल्लामा ३४ रुम रहेका छन् । ‘बर्ड वाचिङ’ थिमलाई प्राथमिकता दिइएको रिसोर्टका कोठाहरू चराको नामबाट नामकरण गरिएका छन् । रिसोर्ट ४ बिघा क्षेत्रफलमा फैलिएको छ । पाहुनाले रिसोर्ट परिसरकै तलाउमा ‘फिसिङ’ गर्न सक्ने भएका छन् । सौराहाको हात्तीसार नजिकै भएकाले रुमबाटै हात्ती देख्न सकिने भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको नजिकै रहेको रिसोर्टले जिप सफारी, हात्ती सफारी, बोट सफारी लगायतका गतिविधि पनि गराउने भएको छ । रिसोर्ट निर्माणमा करिब एक अर्ब लगानीको अनुमान गरिएको न्यौपानेले जानकारी दिँदै रिसोर्टमा स्विमीङ पुल, मसाज सहितको स्पाको सुविधा पनि रहने बताएको छ ।

२५ वर्षअघि कैलालीको टिकापुरमा सानो व्यवसायबाट सुरू भएको सिद्धार्थको व्यवसाय अहिले बिस्तार भएर देशैभर फैलिएको छ । ग्रुपले आफ्नो २५औं वर्षगाँठ पारेर भैरहवामा साढे २ अर्ब रूपैयाँ लगानीमा पाँचतारे होटल सिद्धार्थ भिलासा सञ्चालनमा ल्याइसकेको छ ।