काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गर्दै कृषिजन्य उत्पादनको मूल्य निर्धारण गरेको छ । समितिका अनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी १६० रुपैयाँ, आलु रातो ४८, मुडे आलु रातो ४०, भारतीय आलु रातो ३५, भारतीय प्याज सुकेको ५३, लौका ५०, टनेल गोलभेडा सानो ८०, घिउ सिमी लोकल ४५, काउली स्थानिय प्रतिकेजी ९० रुपैयाँ, हरियो फर्सी ६०, घिरौला २० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी २८० रुपैयाँ, गाँजर १००, बन्दा लोकल १५, मूला रातो ४०, भन्टा डल्लो ५०, मकै बोडी ६०, टाटे सिमी ८०, तितो करेला ३५, ब्रोकाउली ९०, कागती १३० रुपैयाँ, भिण्डी ३५, पिंडालू ६०, न्यूरो ७०, रातो बन्दा प्रतिकेजी ७०, लोकल काक्रो ५०, तामा ९०, अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार कुरीलो प्रतिकेजी ३५०, केरा दर्जन १४०, अनार ३२०, नासपाती ७०, आभोकाडो ५००, कालो अंगुर ४५०, किवि ७००, हरियो खुर्सानी अकबरे ३०० रुपैयाँ, रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा (मुंगरी) २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।
यस्तै, हरियो धनिया ३००, लसुन हरियो ९०, खुर्सानी सुकेको ४५०, नेपाली लसुन २४०, चाइनिज लसुन २६०, मालदह आँप १८०, लप्सी ७०, रुख कटहर ४०, भेडे खुर्सानी ७० रुपैयाँ र छ्यापी सुकेको २२० मा कारोबार भइरहेको छ ।