Tuesday, June 03, 2025

२०८२ जेष्ठ २१, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेशनल हाइड्रोपावर कम्पनीले असार २९ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने


नेशनल हाइड्रोपावर कम्पनीले असार २९ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीले असार २९ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ५ कित्ता सेयर अर्थात् १०.५ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो। कम्पनीले हाल कायम चुक्ता पुँजीको ८२ करोड २१ लाख ४५ हजार ९७१ रुपैयाँ ७८ पैसा बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद सेयर निष्कासन गर्ने बताएको छ।

हकप्रद प्रयोजनका लागि कम्पनीले असार १ गते बुक क्लोज गरिसकेको छ। बुक क्लोजको आधारमा जेठ ३२ गतेसम्मका कायम सेयर धनीहरूले उक्त सेयरमा आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद सेयर साउन १८ गतेसम्म बिक्रीमा रहने कम्पनीको भनाइ छ। कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर डबल बी प्लस रेटिङ प्रदान गरेको छ।

यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानी कर्ताले मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्।

यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सी–आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङबाट निर्माण गरिएको सफ्टवेयर मेरो सेयरु अनलाइन प्रयोग गरी आवेदन दिन सकिनेछ।