Sunday, November 09, 2025

२०८२ कार्तिक २४, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

विदेशी मुद्राको सञ्चिति पुससम्म १८ खर्ब १६ अर्ब पुग्यो, सञ्चितिमा फेरि नयाँ रेकर्ड


विदेशी मुद्राको सञ्चिति पुससम्म १८ खर्ब १६ अर्ब पुग्यो, सञ्चितिमा फेरि नयाँ रेकर्ड

काठमाडौं । मुलुकको विदेशी विनिमय (मुद्रा) सञ्चितिले पुससम्म १८ खर्ब १६ अर्ब पुगेको छ । जसअनुसार गत पुससम्म कुल विदेशी मुद्रा सञ्चिति १८ खर्ब १६ अर्ब रुपैयाँ पुगेको हो । गत असारको तुलनामा पुससम्म विदेशी मुद्रा सञ्चिति १८ प्रतिशतले बढेको छ । पुससम्मको कुल विदेशी मुद्रा सञ्चितिले १२.१ महिनाका लागि वस्तु तथा सेवाको आयात धान्न पुग्ने दाबी राष्ट्र बैंकले गरेको छ ।

गत असारमा कुल विदेशी मुद्रा सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ रहेको थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति ०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा गत पुस मसान्तसम्ममा १६.९ प्रतिशतले बढेर १३ अर्ब ६९ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपा राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा गत पुस मसान्तमा १८.९ प्रतिशतले वृद्धि भई १६ खर्ब २३ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति ०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा गत पुस मसान्तमा ११.८ प्रतिशतले बढेर २ खर्ब १६ अर्ब ३५ करोड कायम भएको छ । २०८० पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ ।