काठमाडौं । नेप्से परिसूचक ६.५३ अंक बढेको छ । वृद्धिसँगै परिसूचक २६५३ अंकमा कायम भएको छ । अघिल्लो दिन ५ अर्ब ३८ करोडको कारोबार भएकोमा आज ६ अर्ब ४० करोडको भयो । १३९ कम्पनीको मूल्य बढ्दा ९५ को घट्यो भने ८ को स्थिर रह्यो ।
यस दिन पनि फाइनान्स र विकास बैंकमा लगानीकर्ताको आकर्षण देखियो । फाइनान्स सबैभन्दा धेरै ४.७७ र विकास बैंक २.५३ प्रतिशत बढे । माइक्रोफाइनान्स १.५९, उत्पादन ०.४०, जीवन बीमा ०.४०, हाइड्रोपावर ०.२६ प्रतिशत बढे ।
बैंकिङ ०.२६, होटल तथा पर्यटन ०.०६, लगानी ०.३८, निर्जीवन बीमा ०.१३, अन्य ०.२६ र व्यापार १.५६ प्रतिशत घटे छ। समृद्धि फाइनान्स र सिन्धु विकास बैंकको मूल्य १० प्रतिशत बढ्यो ।