काठमाडौं । तेह्रथुमको लालीगुराँस नगरपालिका –८ को वडा अध्यक्षमा नेपाली काँग्रेसका नगेन्द्र लिम्बु विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बुद्ध बहादुर लिम्बुलाई ८० मतले पछि पार्दै नगेन्द्र विजयी भएका हुन । काँग्रेसका नगेन्द्र ४४० मत प्राप्त गर्दा एमालेका बुद्धले ३६० मत प्राप्त गरे । आइतबार सम्पन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सञ्जीव खड्काले ३८ मत प्राप्त गरे ।
यस्तै, नेकपा (माओवादी केन्द्र) का कुमार विकले २६, राष्ट्रिय प्रजातन्त्र पार्टीका रत्न बहादुर श्रीपालाले ४, नेकपा एकीकृत समाजवादी पार्टीका प्रेम बहादुर खड्काले २ र स्वतन्त्र उम्मेदवार वसन्त लिम्बुले ४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत भीम बहादुर निरौलाले जानकारी दिए । जम्मा ९२३ मत खसेकोमा ४९ मत भने बदर भएको अधिकृत निरौलाले जानकारी दिए । कुल १४ सय ८१ मतदातामध्ये ९२३ जनाले मतदान गरेका थिए ।