Friday, November 14, 2025

२०८२ कार्तिक २९, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा दुई दिनमा पाँचसय क्विन्टलभन्दा बढी धान खरिद


सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा दुई दिनमा पाँचसय क्विन्टलभन्दा बढी धान खरिद

घोराही । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दाङमा सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न सुरु गरेको छ । यसले गढवा गाउँपालिकाको समन्वयमा खाद्यले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा खाद्यले धान खरिद गर्दा किसान खुसी भएका छन् । 

रामनिवासले सरकारले तोकेको प्रतिक्विन्टल तीन हजार चार सय ६३ रुपियाँ ८१ पैसाका दरले ४० क्विन्टल धान बिक्री गरेको त्यहाँको किसानको भनाई छ । 

गढवा गाउँपालिका–४ रामनगर निवासी किसान रामनिवास यादवका अनुसार गाउँमा व्यापारीले २५ सय रुपियाँ प्रति क्विन्टल धान मागी रहेको समयमा खाद्यले सरकारले तोकेको मूल्यमा धान खरिद गर्दा श्रमको मूल्य उठ्ने अवस्था रहेको र किसानको बिक्री गर्ने धान धेरै भएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी र गढवा गाउँपालिकाको सहमति अनुसार प्रति किसान बढीमा ४० क्विन्टलसम्म धान खरिद गर्ने सहमति भएको छ । त्यही अनुसार खाद्यले किसानको धान खरिद गरिरहेको छ । 

किसानले उत्पादन गरेको धान बिक्रीका लागि गाउँपालिकाले सहजीकरण गरेपनि केन्द्रबाटै खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई निश्चित कोटा निर्धारण गरिदिँदा धान बिक्रीका लागि किसानलाई समस्या भएको गढवा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरी बताउनुहुन्छ । खाद्य कम्पनीलाई निश्चित कोटा मात्र निर्धारण भएकाले किसानले उत्पादन गरेको सबै धान खरिद गर्न समस्या भइरहेको भन्दै उपाध्यक्ष चौधरीले भन्नुभयो, ‘‘किसानले उत्पादन गरेको सबै धान खरिदका लागि व्यवस्था गरिदिन आग्रह गरिरहेका छौँ । तर खाद्यले निश्चित कोटाका कारण एक किसानबाट बढीमा ४० क्विन्टल मात्र धान खरिद गर्न सक्ने भन्छ ।’’ 

केन्द्रले दिएको पाँच हजार कोटा अनुसार गढवा गाउँपालिकाबाट दुई हजार क्विन्टल, लमही नगरपालिका र राप्ती गाउँपालिकाबाट १५/१५ सय क्विन्टलका दरले धान खरिद गर्न थालिएको बताउनुभयो । उहाँका अनुसार दुई दिनमा खाद्यले गढवाबाट पाँच सय ५७ क्विन्टल धान खरिद गरेको छ । जसअनुसार पहिलो दिन एक सय ७० क्विन्टल र दोस्राे दिन तीन सय ५७ क्विन्टल धान खरिद गरेको हो ।