Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

क्विन्टल सुन तस्करीको थप अनुसन्धान गर्ने जिम्मा अब सिआईबीलाई


क्विन्टल सुन तस्करीको थप अनुसन्धान गर्ने जिम्मा अब सिआईबीलाई

काठमाडौं । राजस्व अनुसन्धान विभागले क्विन्टल सुन तस्करी प्रकरणको थप अनुसन्धानको जिम्मा केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीलाई दिएको छ ।

विभागले आज प्रकरणमा संकलन भएका सबै प्रमाण र तथ्यहरु सिआईबीको जिम्मा लगाएको हो । सुन तस्करी प्रकरणको बृहत् अनुसन्धान गर्नुपर्ने भएकोले प्रहरीलाई जिम्मा दिने निर्णय भएको विभागका महानिर्देशक नवराज ढुंगानाले बताउनुभयो ।

ढुंगानाले हाल सम्म खुलेका प्रमाणले अन्तर्देशीय संगठित रुपमा भएको अपराध देखिएको भन्दै थप अनुसन्धानकालागि प्रहरीलाई जिम्मा दिने निर्णय भएको बताउनुभयो ।

विभागले आज पत्रकार सम्मेलन गर्दै पक्राउ परेका आरोपित, बरामद सबुत प्रमाण र अनुसन्धानको प्रगति प्रतिवेदन विभागको टोली प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई हस्तान्तरण गरेको हो । विभागका मात्र अनुसन्धान फितलो हुनसक्ने भन्दै कुरा उठेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले प्रहरी र राजस्वका उच्च अधिकारीहरुसँग बैठक गरी थप अनुसन्धान प्रहरीबाट अघि बढाउन गत बिहीबार निर्देशन दिनुभएको थियो ।

प्रधानमन्त्रीले गत साता निर्देशन दिएपछि विभागले आज सम्पूर्ण फाइलहरु बुझाएको हो । सिआईबीले विशेष ब्युरो, साइबर ब्युरो र अन्य युनिटका विशेष टोलीलाई पनि अनुसन्धानमा खटाइने तयारी गरेको छ । यो प्रकरणमा विमानस्थल भन्सारका तीन कर्मचारी, बेल्जियन, भारतीय र चिनियाँ गरी तीन विदेशी नागरिकसहित १८ जना पक्राउ परिसकेका छन् ।