Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

नगरपालिकाबाट विनियोजित १ करोड ३० लाख बजेटबाट मैले आर्थिक, सामाजिक र पूर्वाधार क्षेत्रका कामहरु शतप्रतिशत् सफल गराएँः अधिकारी । [भिडियो सहित]


नगरपालिकाबाट विनियोजित १ करोड ३० लाख बजेटबाट मैले आर्थिक, सामाजिक र पूर्वाधार क्षेत्रका कामहरु शतप्रतिशत् सफल गराएँः अधिकारी । [भिडियो सहित]

काठमाडौं, १२ साउन । काठमाडौंस्थित कीर्तिपुर नगरपालिका सांस्कृतिक महत्व बोकेको एक ऐतिहासिक शहर हो । यहाँ धेरै धार्मीक तथा सांस्कृतिक महत्व बोकेका स्थलहरु छन् । संघीय राजधानी काठमाडौंदेखि नजिकै रहेको यस नगरले दुई कार्यकाल जनप्रतिनिधि पाउँदा विकास निर्माणका धेरै कामहरु भएका छन् । त्यसमा पनि कीर्तिपुर नगरपालिकाको वडा नं. ७ धार्मिक पर्यटकिय र पर्यावरणीयले हिसाबले महत्वपुर्ण मानिन्छ ।
पछिल्लो समय राजनीतिक हिसाबले पनि यो क्षेत्र सबल हुँदै गईरहेको देखिन्छ । तसर्थ, हामीले वि.सं. २०७९ सालको स्थानीय चुनावमा नेपाली कांग्रेसको तर्फबाट कीर्तिपुर नगरपालिका वडा नं. ७ बाट निर्वाचित दिवाकर अधिकारीसँग उहाँको एक वर्षे कार्यकालमा भएका नगरपालिकाको विभिन्न विषयमा छलफल गरेका छौं । हामीले कार्यक्रम ‘हाम्रो कीर्तिपुर समृद्ध कीर्तिपुर’मा कार्यक्रम प्रस्तोता तथा वरिष्ठ पत्रकार नजरराम महर्जनले उहाँसँग गरेको कुराकानीको सम्पादित अंशः प्रस्तुत गरेका छौैं । –

१. प्रतिक्षाको घडि मिठो हुन्छ भन्छ, तपाई २०७४ सालको स्थानीय चुनावमा कांग्रेसको तर्फबाट वडा नं. ७ मा टिकट पाएर पनि हार्नुभएको थियो, तर पाँच वर्ष पछाडि पनि कांग्रेसले तपाईलाई वडा नंं. ७ कै उम्मेदवार बनायो र तपाईंले जित्नु पनि भयो । त्यसबीचको अवधी यहाँले कसरी बिताउनुभयो?

विगत् ०४६ सालदेखी नै यस कीर्तिपुर क्षेत्रमा नेपाली कांग्रेसको तर्फबाट म राजनीति गर्दै आएको छु । वि.सं. २०७४ मा मलाई पार्टीले टिकट दिएता पनि मैले पराजय भोग्नुप¥यो । किनकि त्यतिबेला म आफू पनि परिपक्व नभएको अवस्था थियो । सबै नगरबासीले चिनेका पनि थिएनन् । जनताहरुको घरदैलोमा विकासको अनुभूति दिलाउन पनि सकेको थिएन, समग्रमा विश्वास जित्न सकेको थिएन । र, ०७४ पश्चात् मैले पार्टीको तर्फबाट र आम जनताको तर्फबाट पनि जीत हासिल गर्ने उत्प्रेरणा र सहयोग प्राप्त गर्ने अवसर पाएँ । मैले त्यस अवधिभित्र सम्ममा विकास निर्माण कार्यमा लाग्ने, समग्र वडाहरुको विकासका लागि न्यूनतम आवश्यक आधारभूत तय गर्ने ईत्यादि कामहरुमा सक्रिय भई लागि परें र यसैको परिणाम स्वरुप मैले जित हासिल गरेको छु भन्ने मलाई लाग्छ ।

२.कीर्तिपुर नगरपालिका गठन भएपछि ०५४ सालको चुनावमा वडा नं. १८ बाट नेकपा एमालेका उम्मेदवार राजकुमार मालीले जितेको थियो । त्यसको २० वर्षपछि अर्थात् २०७४ सालको गणतन्त्र नेपाल बनिसकेपछिको भएको पहिलो चुनावमा पनि मालीले नै जित्यो । त्यसैले वडा नं.७ लाई वामपन्थीको गढ पनि भन्थ्यो, त्यो भनाईलाई तपाईंले यो पटक भत्काईदिनुभयो भन्ने जनसमुदायको धारणा छ, यस विषयमा के भन्नुहुन्छ तपाई?

सर्वप्रथम त गढ भन्ने म मान्दिनँ । किनकि जनताहरु अहिले ०५४ सालको स्थितिमा छैनन्, ०८० सालको स्थितिमा छन्, जनताहरु अहिले धेरै सुचित भईसकेको अवस्था छ । ०५४ सालको समयको संविधान, सूचनाको अधिकार र सामाजिक सञ्जालदेखी लिएर हरेक कुरामा परिवर्तन भईसकेको छ । जनता पनि त्यो बेलामा जस्तो कुण्ठित भएर बस्ने, आफ्नो अधिकारबाट वञ्चित भएर बस्ने, आफ्नो हक–अधिकार कुन अवस्थामा हुनुपर्ने हो, त्यस विषयमा अज्ञात भईबस्नुपर्ने परिस्थिति छैन । तपाईहरु जस्तै पत्रकारहरुले प्रत्येक वडा, नगरपालिका हरेक ठाउँमा उपस्थिति जनाएर जनताहरुलाई सु–सूचित गराईदिने जुन कर्तव्य निर्वाह गर्नुभएको छ, त्यसको परिणाम स्वरुप आज जनता धेरै अगाडि छन् । डेमोक्रेसी र डेमोक्रेसीको धार के हो सबै बुझिसकेका छन् ।
वामपन्थि धारमा मात्रै सधैं विश्वास गरेर जनताले राम्रो नतिजा हेर्न पाएनन् । जनताले बुझ्न खोजेको र हेर्न चाहेको परिणाम स्वरुप नै आज कीर्तिपुरको सबै वडामा नेपाली कांग्रेसको तर्फबाट ज–जसले उम्मेदवारी दिनुभयो, उहाँहरुले जित हासिल गर्नुभएको छ । र, यसरी नै जनताको माया, अपेक्षा, चाहना अनुरुप नै हामीले कामलाई अगाडि बढाईरहेका छौं ।

३. वडा नं. ५ बाहेक सबै ठाउँमा नयाँ वडाध्यक्षले जित्नुभयो, त्यसो भईरहँदा पुराना सचिवहरुले नयाँ वडाध्यक्षलाई फनफनी घुमाउँछ भन्छन्, तपाईको वडामा कस्तो छ?

५ नं. वडामा वडाध्यक्ष दोहोरिएको भएता पनि हामीले विकाससँग साझेदारी गर्दै हिँडेका छौं । आफ्नो काम, कर्तव्य र अधिकारप्रति मलाई राम्रोसँग ज्ञान छ, आफ्नो कामप्रति ज्ञात भएपछि कसैले घुमाउने नघुमाउने भन्ने हुँदैन । मेरो सवालमा मलाई मेरा सम्पूर्ण कर्मचारीले एकदमै सहयोग गर्नुभएको छ । कुनै पनि कामहरु हामी वडा कमिटिहरुको बैठक बसी छलफल गरेर मात्र कुन काम कसरी गर्ने भन्ने विषयमा छलफल गरी हामी त्यसको निष्कर्षमा पुग्छौं र त्यसलाई पुर्णता दिन हामी अगाडि बढ्छौं । अहिलेसम्म त्यस्तो असहज परिस्थितिको सामना गर्नुपरेको छैन । समग्रमा कर्मचारी र सचिवहरुबाट आशा गरे अनुरुपकै मैले सहयोग पाएको छु, मैले पनि उहाँहरुको आशा अनुरुप नै काम गरेको छु भन्ने मलाई लाग्छ ।

४. निवर्तमान वडाध्यक्ष राजकुमार मालीको असमायिक निधनले वडाबासी र वडालाई के–कतिको क्षति भएको तपाई महशुश गर्नुहुन्छ । उहाँको असमायिक निधन नभईदिएको भए तपाई निर्वाचित हुन्न थियो भन्ने कतिपयको शङ्का थियो, वास्तवमा तपाईले जित्नुको आधार चाहिँ के थियो ?

उहाँ एकिकृत नेकपा एमालेबाट दुईपटक सम्म निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ । समग्रमा भन्नुपर्दा उहाँ एक विकासप्रेमी व्यक्ति हुनुहुन्थयो । उहाँले आफ्नो कार्यकालमा विकासका धेरै कामहरु गर्नुभएको छ, सामाजिक सेवा गर्नुभएको छ । यसर्थमा जनताहरुलाई उहाँको अभाव महशुस हुनु स्वभाविक हो ।
सबैले आफ्नो राय राख्न पाउनुहुन्छ, त्यसमा मेरो भन्नु केहि पनि छैन । कसैले हार्दा कसैले जित्नु त स्वभाविकै कुरा हो । तर, उहाँको अनुपस्थितिमा मैले जितेको भन्ने कुरामा म सहमत छैन । किनभने जनताको भावनाको प्रतिनिधित्व गरेर बोल्ने हो भने उहाँकै कार्यकालमा उहाँले भन्दा बढी बाहिर बसेर मैले विकास निर्माणकार्यलाई द्रुत गतिमा बढाएको मैले ठानेको छु, यही मान्यताको परिणाम स्वरुप नै जनताले मलाई विश्वास गरेर जिताउनु भएको हो ।

५. कीर्तिपुर नगरपालिकाले हरेक वर्ष वडाहरुलाई बजेट छुट्याउँछ, गत वर्ष पनि ७ नं. वडालाई १ करोड ३० लाख बजेट विनियोजन गरेको थियो । यसपालि पनि त्यति नै बजेट विनियोजन गरेको छ । यसमा के तपाई सन्तुष्ट हुनुहुन्छ ?

मैले अपेक्षा गरेको अलि धेरै थियो तर, देशको परिस्थिति अनुसार आर्थिक मन्दिको कारणले अलिकति असहज परिस्थिति सिर्जना भईदियो । त्यही कारणले हामीले आशा गरेअनुसारको थप बजेट पाउन सकेनौं । तर, सबै बजेट वडालाई नै जिम्मेवारी बनाई प्रदान गरिदिने हो भने नगरपालिका फेरि भूमिका विहिन हुन सक्छ, विकास निर्माणमा माथिल्लो स्तरबाट नगरपालिकालाई जुन किसिमको दायित्व र काम दिएको हुन्छ, त्यसमा कुठाराघात हुन सक्छ । यसले नगरका जिम्मेवारीमा परेका कामहरु पनि ओझेलमा पर्नसक्छ, यसका साथै भवितव्यमा हुन आउने समस्या समाधान र अचानक भईपर्ने काम तथा योजना गर्नका लागि पनि बजेट व्यवस्थापन गर्नुपर्ने भएकाले पनि यो वर्षका लागि भनेर नगरपालिकाले यस्तो किसिमले बजेट विनियोजन गरेको हो भन्ने मलाई लाग्छ ।
केही रकम अभाव भएको चाहिँ हो वडालाई तर आगामी दिनमा चाहिँ सुधार हुन्छ भन्ने मैले अपेक्षा राखेको छु । नगरपालिकाबाट हाम्रो वडालाई विनियोजन भएको १ करोड ३० लाख बजेटमध्यबाट मैले आर्थिक, सामाजिक र पूर्वाधार क्षेत्रका कामहरु शतप्रतिशत् सफल गराएँ । काम गरिरहँदा तिर्नुपर्ने केही रकम भने रोक्यो तर पनि मैले शत्प्रतिशत कामहरु भएको छ । कुनै पनि बजेट अ.ल्या भएर गएको पनि छैन र काम हुन बाँकि पनि छैन ।
बाँकी अंश भिडियोमा छ ।–