Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कीनपा वडा नं.५ का वडा अध्यक्ष राजेन्द्र कुमार महर्जनविरुद्ध अख्तियारमा निवेदन[निवेदन सहित]


कीनपा वडा नं.५ का वडा अध्यक्ष राजेन्द्र कुमार महर्जनविरुद्ध अख्तियारमा निवेदन[निवेदन सहित]

काठमाडौं । अध्यक्ष कीर्तिपुर नगरपालिका वडा नं.५ का वडा राजेन्द्र कुमार महर्जन र आनन्दबस्ती उपभोक्ता समितिका अध्यक्ष शुवास शर्माबिरुद्ध अख्तियारमा निवेदन परेको छ । स्थानीय विदुर महर्जनले पदको दुरुपयोग गरेको भन्दै कारबाहिको माग सहित निवेदन दिएका छन् ।

उनले निवेदनमा भनेका छन्, आफ्नो नाउमा रहेको सो वडाको कि.नं. ६९४ को क्षेत्रफल ०-१०-२ जग्गाबाट साबिकको देखि चलन चल्तीमा रहेको गोरेटो बाटोमा नगरपालिकाबाट बजेट राखि भ्रष्टाचार भएको छ ।

कीर्तिपुर नगरपालिका वडा ५ कार्यालयका अध्यक्ष राजेन्द्र कुमार महर्जन र आनन्द बस्ती उपभोक्ता समिति नामक समितिका सुवास शर्माले वडा नं.५ को अन्य स्थानको बाटो विस्तार गर्ने सहमति भई बजेट पास गरी कीर्तिपुर नपा ५ अन्र्तगत पर्ने राराहिल स्कुलको गेट(टौ दह जाने बाटो) बाट जनसेवा मावि पुग्ने कच्ची बाटो विस्तार गर्ने गरी पारित भएको बजेट रकमबाट बाटो निर्माण गरेको थियो ।

सो स्थानबाट बाटो निर्माण भएको विषयलाई अहिले मेरो जग्गामा रहेको गोरेटो बाटोलाई नगरपालिकाबाट बजेट विनियोजन गरि १४ फिट बनाइएको भनि झुटा विवरण पेसगरि रकम हिनामिना गरिएको हुनाले तत्काल छानविनको माग गर्दैछु । उनले निवेदनमा भनेका छन् ।