Saturday, May 04, 2024

२०८१ बैशाख २२, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

भूमिहीन र सुकुम्वासीलाई जग्गाको निस्सा


भूमिहीन र सुकुम्वासीलाई जग्गाको निस्सा

काठमाडौं । बाँके जिल्लाका भूमिहीन र सुकुम्वासीलाई जग्गाको लालपुर्जा वितरण गर्नका लागि अहिले विभिन्न पालिकामा निस्सा वितरण कार्य सुरु गरिएको छ। सो क्रममा जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ६ मा ३५० जना भूमिहीन र सुकुम्वासीलाई जग्गाको निस्सा वितरण गरिएको हो। निस्सा पाएपछि लालपुर्जा पाउने बाटो खुल्ने गरेको छ।

राष्ट्रिय भूमि आयोग बाँकेको अगुवाइमा जानकी गाउँपालिका वडा नम्बर ६ का ३५० जना दलित भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोवासीहरुलाई एक कार्यक्रमको आयोजना गरेर निस्सा वितरण गरिएको हो।

बाँकेको जानकी गाउँपालिकामा ६ बाट जानकीमा पहिलोपटक भूमिसम्बन्धी कार्यको सुरुवात गरिएको राष्ट्रिय भूमि आयोग बाँकेका अध्यक्ष श्रवणकुमार यादवले बताए । अध्यक्ष यादवका अनुसार जानकीका पुरै वडामा यथाशीघ्र कामको सुरुवात गरेर लालपुर्जा दिइनेछ।

राष्ट्रिय भूमि आयोग बाँकेका विज्ञ सदस्य अशोक पोख्रेलले केही कर्मचारी र प्राविधिकको अभावका बिचबाट पनि आयोगले आफ्नो कामलाई अगाडि बढाउँदै लगेको बताए ।

उनले भूमिहीन दलित सुकुम्वासी तथा अव्यवस्थित बसोवासीलाई लालपुर्जा दिएर उनीहरूलाई आफ्नो जग्गाको मालिक बनाउने सरकारको अभियानलाई सबैले साथ दिनुपर्ने पनि बताए ।

जानकी गाउँपालिकामा पहिलो पटक सुरु गरिएको निस्सा वितरण कार्यक्रममा जानकी गाउँपालिका अध्यक्ष छब्वन खाँ, वडा नम्बर ६ का वडाध्यक्ष जगदीश हरिजन, राष्ट्रिय भूमि आयोग बाँकेका सदस्य मिना सिग्देल, भगवती अधिकारी लगायतको उपस्थिति रहेको थियो।