Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

ऊर्जा खरिद–बिक्री सम्झौता: बोलकबोलमा प्रतियुनिट ५.८५ रुपैयाँसम्म मूल्य प्रस्ताव


ऊर्जा खरिद–बिक्री सम्झौता: बोलकबोलमा प्रतियुनिट ५.८५ रुपैयाँसम्म मूल्य प्रस्ताव

काठमाडौं,१८ असार । नेपाल विद्युत् प्राधिकरणले सोलार प्लान्टबाट उत्पादित ऊर्जा खरिद–बिक्री सम्झौता (पीपीए) को बोलकबोलमा प्रतियुनिट ५.८५ रुपैयाँसम्म मूल्य प्रस्ताव परेको छ । प्रतियुनिट ५.९४ रुपैयाँ बेन्चर्माक दर कायम गरिएकामा आठ कम्पनीले प्रस्ताव पेस गरेका हुन् । यसमा तराई इनर्जी प्रालि र तराई सोलार प्रालिले सबैभन्दा कम मूल्यको प्रस्ताव पेस गरेका छन् । यी दुवैले प्रतियुनिट ५.८५ रुपैयाँ प्रस्ताव गरेका हुन् ।

यो प्राधिकरणले हिउँदमा जलविद्युत् आयोजनाका लागि तिरिरहेको मूल्यभन्दा कम हो । आजको कान्तिपुरमा खबर छ । प्राधिकरणले वर्षायाममा प्रतियुनिट ४.८० रुपैयाँ र हिउँदमा प्रतियुनिट ८.४० रुपैयाँमा बिजुली किनिरहेको छ । हिउँद र वर्षायाम गरी औसतमा जलविद्युत् आयोजनालाई प्राधिकरणले प्रतियुनिट ६.६ रुपैयाँ तिर्ने गरेको छ । बोलकबोलमा पशुपति रिन्युएबल इनर्जीले प्रतियुनिट ५.९३ रुपैयाँका दुई प्रस्ताव पेस गरेको छ । ग्रिन इन्फास्ट्रक्चर प्रालिले ५.८७ रुपैयाँ, अर्घाभगवती भेन्चर्सले ५.९१ रुपैयाँ र फर्च्युन इन्भेस्टमेन्टले ५.८६ रुपैयाँका दुई प्रस्ताव पेस गरेका छन् । ९० मेगावाट सौर्य ऊर्जाका लागि खुलाइएको प्रस्तावमा आठ कम्पनीको बोलकबोल परेको थियो ।