Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

रोयल भुटानको एयरबस ३१९ जहाजद्धारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक व्यावसायिक उडान [भिडिओ सहित]

पहिलोपल्ट अन्तर्राष्ट्रिय उडान


रोयल भुटानको एयरबस ३१९ जहाजद्धारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक व्यावसायिक उडान [भिडिओ सहित]

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रु लिएर पहिलोपल्ट भुटानको पारोबाट रोयल भुटानको एयरबस ३१९ (A319) जहाज ड्रुक एयरले व्यावसायिक उडान भरेको छ । भुटानको पारो विमानस्थलबाट चालक दलका तीन सदस्यसहित शनिबार बिहान ६:४५ मा पोखरा ओर्लिएको जहाज ४२ अमेरिकी पर्यटक बोकेर ८:१५ मा थिम्पु फर्किएको हो ।  भुटानबाट आएको ड्रुक एयरको विमानलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा शनिबार बिहान पानीको फोहोराले स्वागत गरिँदै । 

सञ्चालनमा आएको ८ महिनापछि पहिलोपल्ट अन्तर्राष्ट्रिय उडानबाट विमानस्थललाई आम्दानी भएको विमानस्थल प्रमुख देवचन्द्रलाल कर्णले बताए । यसअघि चीनको सिचुवान एयरलाइन्सले छेङ्दुबाट चार्टर्ड उडान गरी पोखरा आएको थियो । उक्त विमान फर्किंदा रित्तै फर्किएको थियो ।

भारत, नेपाल र भुटान घुम्ने गरी आएका खर्चालु अमेरिकी पर्यटक ड्रुक एयर चार्टर गरी थिम्पु पुगेका हुन् । जहाज भारतीय एजेन्सीले नै चार्टर गरेको हो । उनीहरू तीन दिन पोखरामा बसेर विभिन्न साहसिक गतिविधिमा सामेल भएका थिए ।

उक्त टोली शुक्रबार आठवटा हेलिकप्टरमार्फत कुरिनटार पुगेर मर्स्याङ्दी नदीमा र्‍याफ्टिङ गरी हेलिकप्टरमै पोखरा फर्किएको थियो । पोखरा पर्यटन परिषद्को नेतृत्वमा पर्यटन व्यवसायीले विमानस्थलमा ड्रुक एयरका चालक दललाई स्वागत र थिम्पु जाने पर्यटकलाई बिदाइ गरे ।