काठमाडौं । दुग्ध विकास संस्थान डिडिसीले दुध किसानको बक्यौता रकम भुक्तानी नगरेको भन्दै कृषि तथा पशुपन्छी विकासमन्त्री डा.वेदुराम भुसासले डिडिसीका कर्मचारी तथा सञ्चालक समितिले पाउने अतिरिक्त भत्ता र सुविधा रोकेका छन् । डिडिसीले किसानलाई चार महिनादेखि भुक्तानी दिएको छैन ।
करिब तीन अर्ब रुपियाँ भुक्तानी दिन बाँकी रहेको मन्त्रालयले जनाएको छ । किसानले बक्यौताका सम्पूर्ण रकम नपाएसम्म यी सुविधा रोक्का रहने बोर्डबाट निर्णय गराएका हुन ।