Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बङ्गलादेशको नयाँ अन्तरिम सरकारले आज शपथ ग्रहण गर्ने


बङ्गलादेशको नयाँ अन्तरिम सरकारले आज शपथ ग्रहण गर्ने

बङ्गलादेशको नयाँ अन्तरिम सरकारले आज शपथ ग्रहण गर्ने भएको छ।

बङ्गलादेशका सेना प्रमुख जनरल वेकर–उज–जमानले मुहम्मद युनुस आज स्वदेश फर्किएपछि आजै साँझ नयाँ अन्तरिम सरकारले सपथ लिने तयारी रहेको बताएका छन्।

‘हामी आज सपथ ग्रहण समारोह आयोजना गर्न सक्दो प्रयास गर्नेछौँ। हामी करिब आठ बजे (जिएमटी १४ बजे) गर्न सक्छौँ, सपथ ग्रहण समारोहमा करिब चार सय व्यक्ति उपस्थित हुने सम्भावना छ’, उनले भने।

युनुस अन्तरिम सरकारको नेतृत्व गर्न बङ्गलादेश आउँदा उनले ‘लोकतान्त्रिक प्रक्रिया’ मार्फत बङ्गलादेशको नेतृत्व गर्ने सेना प्रमुख जमानले बताए। हाल युरोपमा रहेका ८४ वर्षीय युनुस आज दिउँसो २ः१० बजे राजधानी ढाका आइपुग्ने बताइएको छ।

बङ्गलादेशका राष्ट्रपति मोहम्मद सहाबुद्दीनले बुधवार नोबेल पुरस्कार विजेता युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्नेगरी जिम्मेवारी तोकिएको घोषणा गरेका थिए।

बङ्गलादेशी निम्न वर्गको उत्थानका लागि काम गरेका ८४ वर्षीय युनुसलाई अन्तरिम सरकारको नेतृत्व दिन विद्यार्थी नेताहरूले गरेको आह्वानपछि उनलाई अन्तरिम सरकारको जिम्मेवारी सुम्पिएको हो।

राष्ट्रपति मोहम्मद शाहाबुद्दिन, सेना, नौसेना र वायुसेनाका प्रमुखहरू र विद्यार्थी नेतासँगको बैठकपछि यो निर्णय गरिएको हो।