Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

वैदेशीक रोजगारीमा यूएई जानेको संख्या बढ्यो, मंसिरमा २४ हजार ७६९ जनाद्धारा श्रम स्वीकृति


वैदेशीक रोजगारीमा यूएई जानेको संख्या बढ्यो, मंसिरमा २४ हजार ७६९ जनाद्धारा श्रम स्वीकृति

काठमाडौँ । पछिल्लो समय वैदेशीक रोजगारीमा यूएई जानेको संख्या बढेको छ । मंसिर महिनामा वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिनेको संख्या सबैभन्दा बढी यूएईमा देखिएको हो ।

वैदेशिक रोजगार विभागका अनुसार मंसिर महिनामा कुल ८४ हजार २२६ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् । त्यसमा २४ हजार ७६९ जना यूएईकालागि श्रम स्वीकृति लिएका छन् ।

विभागका अनुसार कात्तिक महिनामा ७० हजार ९९० जनाले श्रम स्वीकृति लिएका थिए । यस आधारमा कात्तिक महिनाको तुलनामा मंसिर महिनामा झन्डै १४ हजार जनाभन्दा बढीले विदेश जानका लागि श्रम स्वीकृति लिएका हुन् ।

विभागले सार्वजनिक गरेको एक महिनाको तथ्यांकअनुसार कात्तिक महिनामा म्यानपावरमार्फत जान चाहने २८ हजार ८६८ जनाको श्रम स्वीकृति भएको छ । जसमा पुरुष २६ हजार ४९ जना र महिला २ हजार ८१९ जना रहेका छन् । यसैगरी व्यक्तिगत तवरबाट १३ हजार ५९ जना, जीटुजीमार्फत ९७९ र ४१ हजार ३२० जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।

तथ्यांकअनुसार मंसिर महिनामा यूएई जानका लागि सबैभन्दा धेरैले श्रम स्वीकृति लिएका छन् । साउदी अरेबियाका लागि १८ हजार ११८, कतारका लागि १४ हजार ८४४, कुवेतका लागि ६ हजार ६६९ जनाले श्रम स्वीकृति लिएका छन् । सो अवधिमा १०० देशमा काम गर्नका लागि नेपालीले श्रम स्वीकृति लिएका छन् ।