Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कसैको धम्की र आलोचनामा राजनीतिक कोर्स परिवर्तन हुदैँनः प्रधानमन्त्री दाहाल [भिडिओ सहित]


कसैको धम्की र आलोचनामा राजनीतिक कोर्स परिवर्तन हुदैँनः प्रधानमन्त्री दाहाल [भिडिओ सहित]

काठमाडौं,१८ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले सोसल मिडियामा गाली गरेकै भरमा देशको राजनीतिक कोर्सलाई दायाँबायाँ गर्न खोज्ने प्रवृति बढेको बताएका छन्। गिरिजाप्रसाद कोइरालाको शतवार्षिक समारोहलाई सोमबार सम्बोधन गर्दै उनले देशभित्र अहिले अराजकता बढेको बताएका हुन्। बलिदानको बलमा प्राप्त भएको परिवर्तन अहिले विचारको आवश्यकताको महसुस नगर्ने र सिद्धान्त र राजनीतिक एजेण्डामा केन्द्रीत हुन पर्ने नपर्ने, सोसल मिडियामा गाली गरेकै भरमा देशको राजनीतिक कोर्सलाई दायाँबायाँ गर्न खोज्ने जुन प्रवृति देखिएको छ।

माओवादी केन्द्रको अध्यक्ष समेत रहेका उनले भने, ‘हामीले आत्मसमीक्षा गरेर फेरि एउटा नयाँ इच्छाशक्तिसहित राष्ट्र र जनताको जीवन बदल्न हो पहल नगर्ने हो भने हेलचेक्याई गर्ने हो भने सिस्टम नै कोल्याप्स हुन्छ।’ उनले हाम्रोभन्दा राम्रो एजेण्डा र विचार लिएर जनताको जीवन परिवर्तन गर्न आउने हो भने ठाउँ छाड्न कुनै गाह्रो नभएपनि हजारौं पटक विचार गर्दा त्यस्तो स्थिति नभएको बताए। उनले भने,‘हामीले अरुलाई होइन आफैलाई हेर्दा चाहिँ हामीले व्यवस्था बदल्न जुन शाहस गर्यौं, हामीले जनताको र राष्ट्रको अवस्था बदल्न त्यति नै साहस र इच्छा शक्ति प्रदर्शन गर्न सकेनौं सबैभन्दा पहिला हामीले आत्मसमीक्षा गर्न जरुरी छ।

हामी आत्मसमीक्षा गरेर व्यवस्थाका साथसाथै अवस्था बदल्न गुणात्मक ढंगले अगाडि बढ्नुपर्छ, काम गर्नुपर्छ।’ प्रधानमन्त्रीले शान्ति र गणतन्त्रको रक्षा गर्ने कुरामा आफ्नो जिम्मेवारी र दायित्त्व धेरै ठूलो छ भन्ने प्रेरणाको स्रोत गिरीजा प्रसाद कोइराला रहेको बताए। कोइरालाको पार्थिव शरिर अगाडि बसेको समयमा गरेको संकल्प छिट्टै बिर्सिएर पुरातनतिर जान खोज्ने सोच केहो भन्ने प्रश्न रहेको ‍बताए।

उनको भनाइ जस्ताको जस्तै:

उहाँले शान्ति प्रक्रियामा आउनुपर्‍यो तपाईँहरूको कुरा के छन् सहमति गरौँ भन्नुभयो। मैले पनि धेरै भन्नु छैन। हामी शान्तिमा आउँछौँ। तपाईँले गणतन्त्र आइदिनुपर्‍यो भनेको थियो। उहाँले पहिलो भेटमा गणतन्त्रमा आउँछु भन्नुभएन। तर, विश्वास दिलाउनुभएको थियो। उहाँ गणतन्त्रको लागि तयार भइसक्नुभएको रहेछ। मैले पनि उहाँलाई विश्वास दिलाएँ। त्यहीबाट १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता, संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्र। यो सामान्य तरिकाले आएको होइन।

यो असाधारण प्रकृतिको राजनीतिक सम्झौता थियो। एउटा ठुलो सामाजिक रुपान्तरणको महाअभियान थियो। पहिलो भेटदेखि उहाँ कुनै दुबिधा, अविश्वास वा अस्थिरता देखिनँ। बरु मैले गल्ती गरेँ तर, उहाँले गर्नुभएन। उहाँसँग पहिलो भेटमा भनेका कुरा र लिएका कुरा सबै पुरा गर्न सकिन, तर मैले उहाँको विपरीत निर्णय गर्दा पनि मलाई विश्वास गर्न छाड्नुभएन। मलाई कुनै न कुनै रूपमा संरक्षण गर्नुभयो। गणतन्त्रको घोषणा गर्न ल्याउने नेतृत्व गर्ने महानायकको छवि बन्यो उहाँको।

उहाँ नभएको भए यहाँसम्म आउने थिएन। गणतन्त्र घोषणा भएपछि म पहिलो प्रधानमन्त्री हुँदा उहाँलाई राष्ट्रपतिको प्रस्ताव गर्नुपर्थ्यो। मैले गर्न सकिन। मलाई पश्चात्ताप छ। मैले प्रस्ताव नगरेपछि पहिलाको जस्तो विश्वास गर्नुहुन्न भन्ने लागेको थियो। तर, उहाँले मेरो नेतृत्व देशको लागि आवश्यक छ भनिराख्नुभयो।