Tuesday, November 18, 2025

२०८२ मंसिर ३, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

जलवायु वित्तका प्रतिबद्धता कडाइका साथ पूरा गर्न कृषिमन्त्री परियारको आग्रह


जलवायु वित्तका प्रतिबद्धता कडाइका साथ पूरा गर्न कृषिमन्त्री परियारको आग्रह

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन प्रसाद परियारले ब्राजिलको अमेजनमा भइरहेको कोप–३० को मन्त्रीस्तरीय सत्रमा नेपालले भोगिरहेको जलवायु संकटबारे कडा आवाज उठाएका छन्। हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान नगण्य भए पनि असर सबैभन्दा बढी नेपालले सहनुपरेको उनले बताएका छन्।

हिमनदी तीव्र रूपमा पग्लिँदा अर्बौँ मानिसको पानी, खाद्य र स्वास्थ्य सुरक्षामा जोखिम बढेको र यो वर्ष मात्र खडेरी, अनियमित वर्षा, बाढी–पहिरोले ३०० भन्दा धेरैले ज्यान गुमाउनुपरेको जानकारी उनले दिए। 

नेपालले २०४५ भित्र नेट–जिरो लक्ष्य लिएको, वन क्षेत्र ४६ प्रतिशत नाघेको जस्ता उपलब्धि राख्दै मन्त्री परियारले विकसित देशहरूलाई जलवायु वित्तका प्रतिबद्धता पूरा गर्न कडाइका साथ आग्रह गरे। जलवायु न्यायबारे अन्तर्राष्ट्रिय न्यायालयको सुझाव पालना गर्नुपर्ने, हिमाली मुद्दालाई प्राथमिकतामा राख्नुपर्ने र पहाड–हिमाल संरक्षण कोष स्थापना गर्नुपर्ने माग उनले दोहोर्याए।

अन्त्यमा उनले दिगो भविष्यका लागि नेपाल आफ्नो भूमिकामा दृढ रहेको संदेश दिए।