काठमाडौं । अजियाटा ग्रुप नेपालबाट बाहिरिने निर्णय गरेको छ । व्यवसायिक चुनौतीहरु बढ्दै गएपछि बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको हो ।
‘नेपालको परिप्रेक्ष्यमा चुनौतीहरू दिनप्रतिदिन बढ्दै गएपछि बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको हो,’ आजियाटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले भने, ‘तदनुसार एनसेललाई बिक्रीका लागि राखिएको छ ।’
यो कदमले आजियाटालाई आफ्नो रणनीतिक प्राथमिकताहरू पूरा गर्न अझ बलियो स्थितिमा ल्याउने कम्पनीले जनाएको छ । यो निर्णय सबै शेयरहोल्डरको दीर्घकालीन हितमा रहेको समेत सुदले बताएका छन् ।