Sunday, June 29, 2025

२०८२ असार १५, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

१० वर्षदेखि अमेरिकी सेनाका इमेल मालीमा


१० वर्षदेखि अमेरिकी सेनाका इमेल मालीमा

एजेन्सी । अमेरिकी सेनालाई पठाइएको भनिएका अनेकौं स‌ंवेदनशील जानकारीहरू इमेल ठेगानामा असुद्धी भएपछि पश्चिम अफ्रीकी देश माली पुगेको पाइएको छ । अक्षर टाइप गर्दा हुने गल्ती 'टाइपो' का कारण अमेरिका पठाउन खोजिएका कयौं इमेल करिब एक दशकदेखि माली पुग्दै आएको खुलासा भएको हो ।

फाइनान्सियल टाइम्समा प्रकासित समाचारका अनुसार इमेल ठेगाना लेख्दा टाइपो भएपछि अमेरिकी सेनाका लाखौंं संवेदनशील इमेलहरू मालीको इमेलमा 'सेन्ट' हुने गरेको खुलासा भएको छ । पछिल्ला वर्षहरूमा माली रूसको नजिक हुँदै आएको छ । वाग्नर समूहमार्फत रुसले गत वर्ष मालीमा आफ्नो उपस्थित जनाएको थियो ।

मालीको इमेल डोमेन व्यवस्थापन गर्ने नेदरल्यान्ड्सका प्रविधि उद्यमी जोहानेस जुर्बिएरले 'डट एमआईएल'को स्थानमा 'डट एमएल' टाइप हुनुको कारण यो समस्या कम्तीमा एक दशकदेखि रहेको बताएका छन् ।

जुर्बिएरले आर्मी डट एमएल, नेभी डट एमएलजस्ता इमेल ठेगानामा टाइपोको कारण आउने यस्ता इमेल जम्मा गर्न आफूले एउटा उपाय लगाएको तर अत्यन्तै धेरै इमेल यसरी आउन शुरू भएपछि बन्द गरेको उल्लेख गरेका छन् । जनवरीयता मात्रै अमेरिकी सेनाका विभिन्न संवेदनशील जानकारीहरू रहेका करिब एक लाख सत्र हजार यस्ता इमेल टाइपोकै कारण गलत ठेगानामा पुगेको जुर्बिएरको दाबी छ ।

यीमध्ये कतिपय इमेलमा पासवर्ड, अमेरिकी सेनाका व्यक्तिहरूको स्वास्थ्यसम्बन्धी जानकारी, सेनाका विभिन्न कार्यालय र बेसहरूको नक्सा, कूटनीतिक सञ्चार, वित्तीय विवरण, विभिन्न उच्च सैन्य अधिकारीहरूका भ्रमणका गोप्य विवरण लगायतका संवेदनशील दस्तावेजहरू समेत रहेको द भर्जको यस समाचारमा उल्लेख छ ।

अमेरिकी सैन्य मुख्यालयले तीमध्ये कुनै पनि इमेल 'क्लासिफाईड' अर्थात गोप्य नरहेको र सो समस्याको आफूहरूले सम्बोधन गरेको प्रतिकृया दिएका छन् । अमेरिकी सेना लगायतका क्लासिफाइड अर्थात गोप्य र टप सिक्रेट अर्थात अत्यन्तै गोप्य इमेलहरू छुट्टै प्रविधिबाट आदान-प्रदान हुने हुँदा ती इमेलमा यो समस्या आउने सम्भाबना नरहेको अमेरिकी रक्षा स्रोतको दाबी छ ।