Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सर्वाेच्चमा सांसद विकास कोष खारेजीको रिट दर्ता

कोषले देशलाई ८ अर्ब २५ करोड रुपैयाँ व्ययभार बढेको...


सर्वाेच्चमा सांसद विकास कोष खारेजीको रिट दर्ता

काठमाडौं, ३ साउन । संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेजीको माग गर्दै सर्वाेच्च अदालतमा रिट दर्ता भएको छ ।

चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा समावेश गरिएको संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेजीको माग गर्दै बुधबार अधिवक्ता अनिल आचार्यसमेतले सार्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् ।

उक्त रिटको सुनुवाइका लागि बिहीबार पेसी तोकिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, अर्थ मन्त्रालय समेतलाई विपक्षी बनाई दायर गरेको रिटमा संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमले देशलाई ८ अर्ब २५ करोड रुपैयाँ व्ययभार बढेको जिकीर गरिएको छ । उक्त कार्यक्रमअनुसार प्रतिनिर्वाचन क्षेत्र ५ करोडका दरले दिने गरी रकम विनियोजन गरिएको रिटमा उल्लेख छ ।