काठमाडौं, १७ । दुई वर्षको कोभिड—१९ को प्रभाव र त्यसपछि निम्तिएको लगानी योग्य रकम तलरता अभावको बहनामा कर्जाको ब्याजदर आकासिएपछि यतिखेर उद्योगी व्यवसायी एवं समग्र ऋणीहरु मारमा परेका छन् । औषत १६ प्रतिशत सम्म व्याजदर बृद्धि हुदा उद्यमशिलतालाई निरुत्साही र समग्र अर्थतन्त्रलाई नै महङ्गो बनाईरहेको छ । अर्को तर्फ बैंक वित्तीय संस्थाहरुमा खराव कर्जाको अकं पनि उकालो लागिरहेको छ । पछिल्लो समय उच्च व्याजदरले साना व्यवसायीहरु सबैभन्दा बढी मारमा परेका छन् । राष्ट्रबैंकले भने आगामी महिनादेखि केही सुधार हुदै जाने बताएको छ ।
पर्याप्त तरलता रहेका बेला एक बर्ष अघिसम्म बैंकहरुबाट ८/९ प्रतिशतमै ऋण लिएका व्यवसायी एवं सर्वसाधरण नागरिकहरु आकाशिंदो ब्याजदरका कारण हायलकायल बनेका छन् । बैंक बित्तीय संस्थाको चर्को ब्याजविरुद्ध पछिल्लो समय सडकमा दिनहँुजसो प्रर्दशन हुन थालेका छन् । १६ प्रतिशत सम्म पुगेको ब्याजले साना व्यवसायीहरु सवैभन्दा बढी मर्कामा परेका छन् । होटल व्यवसायी राजु बजगाई उच्च ब्याजदरले व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको बताउछन् । उनि हाम्रो रिर्पाेटको एक पात्रमात्रै हुन समस्या यहाँ बजगाईको मात्रै होइन ।
अहिले “क” बर्गका २२ बाणिज्य बैंकबाट अल्पकालिन र दिर्घकालिन गरी बजारमा ४८ खर्व रुपैया हाराहारीमा ऋण प्रवाह भएको छ । उच्च ब्याजदरकै कारण बैंकहरुमा नर्न पर्फमिङ लोन साढे २ प्रतिशत अथार्त १ खर्व २० अर्व हाराहारीमा खराव कर्जा पुगेको बैकर्स एशोसिएसनले जनाएको छ । बैंक वीत्तिय सस्थाबाट यसअघी उच्च लगानी हुनु, बजेट र मौद्रिक नीतिको समन्वय अभाव, पुँजिगत खर्चको कछुवागतीले वीतिय सन्तुलन विगारेको हो ।
राजश्वमा भारी गिरावटसंगै सरकारको बजेट अहिले घाटामा चलिरहेको छ । जसलाई परिपूर्ति गर्न सरकारले आन्तरिक ऋण उठाउने तयारी गरेको छ । सोधनान्तर स्थिती बचत, विदेशी विनिमय सञ्चिती बढेर बाह्य अर्थतन्त्रमा केही सुधार आएपनि आन्तरिक तर्फ जोखिमकै अवस्थामा रहेकाले ब्याजदर उल्लेख्य घट्ने सम्भावना अझै नरहेको बैंकर्स संघका अध्यक्ष सुनिल केसीको तर्क छ । अहिले बैंकले केहि राहत स्वरुप ब्याज घटाएका छन् । तर यो केहि समयकालागि मात्रै हुने उनको भनाई छ ।
चालु पुजि कर्जामा राष्ट्रबैंकको नीति, घरजग्गा र सेयरबजार कारोबारमा सुस्ताले पनि अहिलेको संकट उत्पन्न भएको विश्लेषण भईरहेको छ । मौद्रिक नीतिको प्रभावकारी कार्यन्वयन नहुने र उत्पादनमुलुक क्षेत्रमा लगानी बढ्न नसकेपछि अहिलेको समस्या आएको हो भनेर हामीले गरेको प्रश्नमा राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नर बहादुर थापा सहमत छन् । बजेट कार्यन्वयन गर्ने निकाय अर्थमन्त्रालय र मौद्रिक नीति कार्यन्वयन गर्ने राष्ट्रबैंक बीच समव्यन नहुँदा अहिलेको अवस्था सिर्जना भएको विज्ञहरुको भनाई छ । वित्तीय अस्थिरताको सबैभन्दा ठूलो असर सर्वसाधरण नागरिक र साना व्यवसायीमा छ ।
राष्ट्रबैंक भने माग र आपूर्तिका आधारमा बजार निर्धारण हुने भएकाले बैंकको व्याजदर पनि त्यसैको परिणाम भएको तर्क गर्छ । कर्जा निक्षेपको व्याजदर अनुपात स्प्रेड दर एवं निक्षेपको आधारमा प्रवाह हुने कर्जाको सीमा सीड रेसियोको आधारमा लगानी र व्याजदर निर्धारण गर्न बैंकहरु स्वतन्त्र हुने राष्ट्रबैंकले जनाएको छ । यद्यपी पछिल्लो समय रुस युक्रेन युद्ध हुदै विश्वमा आएको आर्थिक मन्दीले पनि नेपाललाई असर गरेकोमा केन्द्रीय बैंकका प्रवक्ता गुणकर भट्ट सहमत छन् ।
अहिले बजारमा लगानी योग्य रकम तरलता पर्याप्त छ । तर उच्च ब्याजदरका कारण व्यवसायी एवं सर्वसाधरणहरु ऋणका लागि वैक छिर्न हिम्मत गर्न सकिरहेका छैनन् । अर्कोतर्फ घाटा बजेटमा चिलरहेको सरकारले आन्तरिक ऋण उठाउने तयारी गरिरहेको छ । यसले पनि बैंकमा ऋणको व्याजदर उल्लेख्य घट्ने र वित्तीय स्थायीत्व कायम हुने सकेत तत्काललाई देखिएको छैन ।
वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाएका
वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाउने भएका छन् । नेपाल बैंकर्स संघको आज बसेको बैठकले मुद्दती तथा बचत खाताको ब्याजदर बैशाखदेखि घटाउने निर्णय गरेको संघका उपाध्यक्ष तथा माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइरालाले जानकारी दिनुभयो । यो निर्णयस“गै बैशाखदेखि निक्षेपको ब्याजदर एकल अंकमा कायम हुने भएको छ । संघका उपाध्यक्ष कोइरालाका अनुसार व्यक्तिगत मुद्दती खातामा वाणिज्य बैंकहरुले अधिकतम ९ दशमलव ९ प्रतिशतसम्म ब्याजदर दिनेछन् ।
त्यस्तै संस्थागत खातामा ७ दशमलव ९ प्रतिशतसम्म दिनेछन् । बैंकहरुले हालसम्म व्यक्तिगत मुद्दतीमा ११ तथा संस्थागत मुद्दतीमा ९ प्रतिशतसम्म ब्याजदर दिंदै आएका थिए । त्यस्तै, बचत खाताको ब्याजदर पनि घट्ने भएको छ । बैशाखदेखि बैंकहरुले साधारण बचत खातामा ५ दशमलव ४ देखि ७ दशमलव ४ प्रतिशतसम्म ब्याजदर दिने संघले जनाएको छ ।
त्यस्तै कर्जाको ब्याजदर बैशाखदेखि सामान्य घट्ने भएको छ । चैत मसान्तसम्मको आधार दरका आधारमा बैशाखदेखि कर्जाको पनि ब्याजदर घट्ने संघले जनाएको छ । व्याज दर घट्ने भएपछि त्यसको सोझो प्रभाव शेयर बजारमा पर्ने देखिएको छ ।