काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले असोज २५ गतेदेखि थप सार्वजनिक निष्काशन अर्थात एफपीओ निष्काशन गर्ने भएको छ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गर्न लागेको हो।
लघुवित्तले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूलयका १ लाख २३ हजार ८१६.४५ कित्ता शेयर निष्काशन गर्न लागेको हो।
सो शेयरका लागि लगानीकर्ताले असोज ३० गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि कात्तिक ९ गतेसम्म लम्बिनेछ। लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।