Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

८० हजार पशुचौपायामा लम्पी स्किन संक्रमण


८० हजार पशुचौपायामा लम्पी स्किन संक्रमण

काठमाडौं, श्रावण ३२ । पशुमा महामारीका रूपमा फैलिएको लम्पी स्किन रोगले गण्डकी प्रदेशमा ७९ हजार ९ सय ८७ चार गाई, गोरु र भैँसीमा भएका छन्। यस रोगबाट २२ हजार चार सय ९४ पशुचौपाया निको भएका छन्। लम्पी स्किनबाट प्रदेशमा ४ हजार ५ सय ५४ पशुचौपाया मरेका छन्। गण्डकी प्रदेश कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले प्रदेश सभा सदस्य भीमबहादुर कार्कीद्वारा दर्ता गरिएको लम्पी स्किन भाइरसविरुद्ध सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिए।

प्रदेशमा लम्पी स्किन रोगबाट ५.६९ प्रतिशत चौपाया मरेको बताउँदै उनले यसको रोकथामका लागि तीनै तहका सरकार र व्यक्तिगत गरी कुल १ लाख १० हजार ४ सय ४९ पशुलाई खोप दिइएको बताएका छन्। सबैभन्दा बढी गाई र गोरुमा संक्रमण देखिएको उल्लेख गर्दै मन्त्री जिसीले भने, गण्डकी प्रदेशको ८५ स्थानीय तहमध्ये ८२ वटा पालिकामा यो रोगको संक्रमण फैलिएको छ। उनले सीमित स्रोतसाधन तथा जनशक्तिको अभावमा पनि प्रदेश सरकार यस रोगप्रति संवेदनशील रहेको देखिएको स्पष्ट पारे।

मुस्ताङको लोमान्थाङ, लो, घेकर, दामोदर कुण्ड र मनाङ जिल्लाको नार्पाभूमि गाउँपालिकामा भने लम्पी स्किन रोग देखिएको छैन। पशुमा उच्च ज्वरो आउने, घाँटी, पेट र पछाडिको भागमा गिर्खा, जोर्नी र खुरु सुन्निने तथा निको भएपछि पनि बाँझोपन देखिने यो रोगले दीर्घकालसम्म पनि कृषि क्षेत्रमा ठूलो क्षति हुने, यो रोगको रोगथाम स्थानीय तहको महत्वपूर्ण भूमिका रहने बताउँदै उनले पशु बिमा दाबी भुक्तानीका लागि सम्बन्धित बिमा कम्पनीलाई निर्देशन दिएको जानकारी दिए।