Tuesday, July 29, 2025

२०८२ श्रावण १४, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

हाथवे र मान्डु हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत


हाथवे र मान्डु हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत

काठमाडौं,हाथवे इन्भेष्टमेन्ट र मान्डु हाइड्रोपावरको सेयर नेप्सेमा सूचीकृत गरिएको छ। नेप्सेले दोस्रो बजारमा खरिद बिक्री गर्न मिल्ने गरी मंगलबार दुई कम्पनीको सेयर सूचीकृत गरेको हो।हाथवे इन्भेष्टमेन्टले सर्वसाधारणमा जारी गरेको समेत गरी २ करोड ३४ लाख कित्ता शेयर सूचीकृत भएको हो।

कम्पनीको सेयरको पहिलो कारोबारको लागि नेप्सेले ९५ रुपैयाँ ९ पैसादेखि २८५ रुपैयाँ २७ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ। कम्पनीको सेयर कारोबारको लागि नेप्सेले एचएटिएचवाइ कारोबार संकेत प्रदान गरेको छ। यसैगरी माण्डु हाइड्रोपावरले पनि सर्वसाधारणमा जारी गरेको समेत गरी १ करोड ३६ लाख ३६ हजार ३७० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ।

कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले १२४ रुपैयाँ ४२ पैसादेखि ३७३ रुपैयाँ २६ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ। कम्पनीको सेयर कारोबारको लागि नेप्सेले एमएएनडियु कारोबार संकेत प्रदान गरेको छ।नेप्सेले दिएको यही कारोबार रेञ्जमा रहेर बुधबार दुबै कम्पनीको सेयर कारोबार खुल्नेछ।