Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

भूकम्पपीडित राहत लिएर चिनियाँ सेनाको दुई विमान पोखरा आउँदै


भूकम्पपीडित राहत लिएर चिनियाँ सेनाको दुई विमान पोखरा आउँदै

काठमाडौं । भूकम्पपीडितको राहत लिएर चिनियाँ सेनाको जहाज आज नेपाल आउने भएको छ । चीन सरकारले भुकम्प पीडितलाई दिने राहत सहयोग सामग्री लिएर आउने दुई वटा चिनियाँ सेनाको जहाज आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

उत्तरी छिमेकी चीनले दिने उक्त सहयोग सामाग्री बुझ्नका लागि उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठ आजै पोखरा पुग्दैछन । चिनियाँ राजदूत छन सोङले सामान गृहमन्त्री श्रेष्ठलाई उक्त सहयोग सामाग्री हस्तान्तरण गर्नेछन् ।

चीनले आफ्नो वायु सेनामार्फत पोखरामा पठाएको सहयोग सामाग्री नेपालले भने त्यहाँबाट कर्णाली पुर्‍याउनेछ । चिनियाँ सेनाको जहाजमा समान आउने भनिए पनि त्यसलाई ‘ह्युमनेटिरियन फ्लाइट’ भनिएको छ ।

चीन सरकारले घोषणा गरे अनुसार करिब १० करोड बराबरको सामग्री लिएर चिनियाँ सेनाका जहाज चीनको छेन्दुबाट जहाज उड्नेछ ।