Monday, January 12, 2026

२०८२ पुष २८, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपाल बैङ्क ८७ औँ वर्षमा प्रवेश,चुक्ता पुँजी अहिले १४ दशमलव ६९ अर्ब


नेपाल बैङ्क ८७ औँ वर्षमा प्रवेश,चुक्ता पुँजी अहिले १४ दशमलव ६९ अर्ब

काठमाडौं । नेपाल बैङ्कको चुक्ता पुँजी अहिले १४ दशमलव ६९ अर्ब पुगेको छ । ८७ वर्ष अघि ८ लाख ४२ हजार रुपियाँबाट सुरु भएको नेपाल बैङ्कको चुक्ता पुँजी अहिले १४ दशमलव ६९ अर्ब रहेको बैङ्कका सूचना अधिकारी प्रकाशकुमार अधिकारीले जानकारी दिए ।

२०८० आषाढ मसान्तसम्म बैकले दुई खर्ब ४४ अर्ब निक्षेप सङ्कलन गरी एक खर्ब ८४ अर्ब कर्जा प्रदान गर्न बैङ्क सफल भएको जनाएको छ । प्रत्येक वर्ष सञ्चालन मुनाफामा बढोत्तरी हुँदै गएको यस बैङ्कको जगेडा कोषमा २१ दशमलव ८८ अर्ब रुपियाँ छ भने पुँजी पर्याप्तता अनुपात १४ दशमलव ४९ प्रतिशत र नेटवर्क ३६ दशमलव ५८ अर्बभन्दा बढी रहेको बैङ्कले जनाएको हो ।

हाल ७१ जिल्लामा शाखा सञ्जाल विस्तार गरी करिब तीन हजार छ सय कर्मचारी मार्फत आधुनिक बैङ्किङ सेवा विस्तारमा आक्रामक ढङ्गले प्रस्तुत भएको यस बैङ्कले २ सय २८ शाखा, ५८ वटा विस्तारित काउन्टर तथा २ सय ४ वटा एटिएम बुथमार्फत देशैभर कारोबार सञ्चालन तथा सेवा प्रवाह गरिरहेको जनाएको छ ।

नेपालको पहिलो बैङ्क, नेपाल बैङ्क लिमिटेड, ८७ औँ वर्षमा प्रवेश

वि.सं.१९९४ साल कात्तिक ३० गते स्थापना भएको नेपालको पहिलो बैङ्क नेपाल बैङ्क लिमिटेड आफ्नो स्थापनाको ८६ वर्ष पूरा गरी ८७ औँ वर्षमा प्रवेश गरेको छ । सार्वजनिक निजी साझेदारी पीपीपी मोडलमा १० जना लगानीकर्ताहरूले सुरु गरेको यस बैङ्कको चुक्ता पुँजी ८ लाख ४२ हजार र निक्षेप १७ लाख थियो भने लगानी १९ लाख थियो ।