Wednesday, November 13, 2024

२०८१ कार्तिक २८, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कीर्तिपुर उपनिर्वाचनः राजनीतिक दलले उम्मेदवार तय नगर्दा स्वतन्त्र उम्मेदवारको चर्चा, बाजी मार्लान 'कवि महर्जन'ले ?


कीर्तिपुर उपनिर्वाचनः राजनीतिक दलले उम्मेदवार तय नगर्दा स्वतन्त्र उम्मेदवारको चर्चा, बाजी मार्लान 'कवि महर्जन'ले ?

कीर्तिपुर । निर्वाचन आयोगले रिक्त रहेका स्थानीय तहमा आगामी मंसिर १६ गते उपनिर्वाचन गर्ने भएपछि काठमाडौंको कीर्तिपुर क्षेत्रमा अहिले चुनावी माहोल बढेको छ ।
राजनीतिक दलहरुले उम्मेदवार निश्चीत नगर्दा स्वतन्त्र उम्मेदवारले भने घरदैलोलाई तिव्र बनाएका छन् । संघीय राजधानी काठमाडौंको नजिकै रहेको ऐतिहासिक नगरपालिकाका रुपमा रहेको कीर्तिपुरलाई कम्यूनिष्ट किल्लाका रुपमा लिइन्छ । तर, गत निर्वाचनमा काँग्रेस सहितको गठबन्धनले चुनाव जित्यो । काँग्रेसका स्वर्गिय राजकुमार नकर्मी मेयरमा विजयी हुँदा एमालेका केशरत्न बज्राचार्य पराजित भएका थिए । जसपाबाट शुभलक्ष्मी शाक्य(सूनिता) उपमेयरमा विजयी भइनन् ।

कीर्तिपुरका १० वडामा ४ नम्बर वडा बाहेक सबैमा काँग्रेसले निर्वाचन जितेको थियो । प्रमुख नकर्मीको निधन भएपछि यहाँ प्रमुखको उपनिर्वाचन हुँदै छ । त्यस्तै, वडा नं. १ का अध्यक्ष हिरालाल महर्जन र ४ नम्बर वडाध्यक्ष श्यामकुमार अधिकारीको निधन भएकाले वडा अध्यक्षको पनि उपनिर्वाचन हुने भएको हो । कीर्तिपुरमा वडा अध्यक्ष भन्दा नगरप्रमुखको उपनिर्वाचनले चर्चा पाइरहेको छ । अहिले घरदैलोमा स्वतन्त्र उम्मेदवारहरु पुगिरहेका छन् । त्यसमा चुनावी प्रचारलाई आक्रमक बनाइरहेका स्वतन्त्र उम्मेदवार कबि महर्जन आफुले निर्वाचन जित्ने दावी गर्दै आइरहेका छन् ।


साइकल यात्रीका रुपमा आफ्नो परिचय भनाएका महर्जनले अहिले कीर्तिपुरको कार्यभार सम्हाल्ने आट गर्नु आफैमा एउटा चुनौतिको विषय बनेको छ । उनि भन्छन् यहाँ राजनीतिक दलको हावी छ, ‘भोली दलहरुका उम्मेदवारको चर्काे नारा सहित चूनावी प्रचार देखिने छ, चुनावमा राम्रा नारा लगाउने जितेपछि फर्किर नहेर्नेहरुलाई जनताले चिन्नु पर्छ’ । उनले कीर्तिपुरको सुशासन र विकासकालागि आफ्नो उम्मेदवारी हुने दावी गरिरहेका छन् । कीर्तिपुर नगरपालिकामा रहेको नीतिगत भ्रष्टाचार, सर्वसाधारणलाई प्रशासनिक सास्ती तथा युवाहरुको अन्यौल भविश्यलाई चिर्दै अघि बढ्ने उनको प्रतिवद्धता छ ।


उनि भन्छन्, कीर्तिपुरबासीकालागि निशुल्क खानेपानी, निशुल्क फोहरमैला व्यवस्थापन तथा सुरक्षीत कीर्तिपुरकालागि आफ्नो प्रयास हुने छ । उनले कीर्तिपुर नगरमा प्रवेश गर्न शुल्क लाग्नेगरि कीर्तिपुरलाई ऐतिहासिक शहरका रुपमा परिणत गर्ने चाहना रहेको सुनाए । उनि भन्छन्, यो भन्दा राजनीतिक दलहरुका कार्यकर्ताले नपत्याउन सक्छन् तर, कीर्तिपुरलाई एउटा ऐतिहासिक शहरमा परिनत गर्न सबैको प्रयास आवश्यक छ ।


उनले कीर्तिपुरमा रहेको फोहरी राजनीतिलाई अन्त्यगरि स्वतन्त्र शहर कायम गर्ने धोको सुनाए । हामीले कीर्तिपुरमा अहिले सहकारी समस्या देखाएर भोट संकलन गर्ने सम्भावना देखिएको छ, तपाईको योजना के हो ? भन्दा उनि, भन्छन्, ‘त्यो फोहरी राजनीति हो, नेपालको कानुनले वित्तीय क्षेत्र हेर्ने छुट्टै निकाय बनाएको छ, उसको काम हो’ । ‘मैले मेरो मातहतमा रहने संस्थालाई सहयोग गरि उनिहरुको वित्तीय सुरधारकालागि काम गर्छु’। ’यहाँ सकैले सकैको पैसा उठाउन राजनीतिक नारा लगाउने होइन’ ।
खासमा कीर्तिपुर उपनिर्वाचनमा एक सच्चा अभिभावक चाहिएको अधिकांसको मत देखिन्छ ।

यस अघिका दुई राजनीतिक दलका प्रमुखले निश्पक्ष भूमिका नखेलेको भन्दै कीर्तिपुरका जनताले स्वतन्त्र उम्मेदवार चुन्ने हुन कि भन्ने आशंका बढेको छ । राजनीतिक दलको गतिविधिबाट दिक्क भएका कीर्तिपुरका स्थानीयले आगामी उपनिर्वाचनमा काठमाडौं महानगर जस्तै स्वतन्त्र उम्मेदवारलाई मतदान गरे भने ? भन्ने प्रश्न अहिले कीर्तिपुरमा सुन्न पाइन्छ ।

यसो त, आगामी मंसिर १६ गते स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ३ र वडा अध्यक्ष ९ तथा नगरपालिका प्रमुख १, उपप्रमुख १ र वडा अध्यक्ष २१ गरी जम्मा ३९ रिक्त पदमा मंसिर १६ मा उपनिर्वाचन हुँदै छ ।

काठमाडौं कीर्तिपुर नगरपालिका प्रमुख, मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष, ओखलडढुंगा जिल्ला समन्वय समिति प्रमुख, दोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्ष, दैलेख महाबु गाउँपालिका अध्यक्ष, जाजरकोट नलगाड नगरपालिका उपप्रमुख, हुम्ला सर्केगाड गाउँपालिका उपाध्यक्ष, बाजुरा स्वामीकार्तिक खापर गाउँपालिका र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा उपनिर्वाचन हुँदै छ । ३० वडा अध्यक्षमा पनि निर्वाचन हुँदै छ ।

स्वतन्त्र उम्मेदवार कबि कुमार महर्जनका योजनाहरु


सर्वाधिक पढिएको