Monday, November 25, 2024

२०८१ मंसिर १०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय दाङका इन्जिनियर विरुद्ध मुद्दा दायर


जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय दाङका इन्जिनियर विरुद्ध मुद्दा दायर

काठमाडौं । जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, लमही दाङका इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध तीन करोड १५ लाख ८१ हजार ६६ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार रानाभाटले सार्वजनिक सेवामा स्थायी नियुक्ति लिएको मिति २०४६ हसार ३० देखि २०७९ मङ्सिर ६ गतेसम्मको समग्र आय तथा व्ययको विश्लेषण गर्दा सो भ्रष्टाचार भएको खुलेको छ । सो रकम बराबरको सम्पत्ति गैरकानूनी रुपमा आर्जन गरेकाले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो असुलको मागदाबीसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।