Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पर्यटकको रोजाई बन्दै फिलिपिन्स


पर्यटकको रोजाई बन्दै फिलिपिन्स

२७ असार, काठमाडौं । फिलिपिन्स एक द्वीपसमूह हो जसमा सात हजार भन्दा बढी टापुहरू छन् । फिलिपिन्समा एसियाका उत्कृष्ट समुद्र तटहरू छन् । न्यानो आतिथ्यताका कारण फिलिपिन्सलाई “मुस्कानको भूमि” भनेर पनि चिनिन्छ ।

फिलिपिन्स भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा पछिल्लो समय उल्लेख्य रुपमा वृद्धि भएको छ । सबैभन्दा धेरै कोरियाली पर्यटकले फिलिपिन्सको भ्रमण गरेको तथ्याङ्कले देखाएको छ ।
फिलिपिन्सको पर्यटन विभागका अनुसार छ महिनामा कोरियाबाट छ लाख ७३ हजार आठ सय ४१ पर्यटकको आगमन भएको छ भने अमेरिकाबाट पाँच लाख १६ हजार तीन सय १८ जना वैदेशिक पर्यटक आएका छन् ।
त्यस्तै, अष्ट्रेलियाबाट एक लाख २९ हजार सात सय पाँच जना, जापानबाट एक लाख २८ हजार ८१, क्यानडाबाट एक लाख २४ हजार पाँच सय १० र चीनबाट एक लाख १४ हजार छ सय ६३ जना पर्यटकले फिलिपिन्स भ्रमण गरेको विभागले जनाएको छ ।

गत महिना फिलिपिन्स सरकारले विद्युतीय प्रवेशाज्ञा जारी गर्ने घोषणा गरेसँगै पछिल्ला दिनमा पर्यटक आगमनमा वृद्धि भएको छ । हालसम्म २५ लाखभन्दा बढी विदेशी पर्यटकलाई फिलिपिन्समा स्वागत गरिएको तथ्याङ्कले जनाएको छ ।
अन्य देशबाट आउने पर्यटकको संख्यामा यो देश तेस्रो स्थानमा छ ।