काठमाडौं । गएको आर्थिक वर्ष २०८१—८२ मा नेपालले १८ खर्ब ४ अर्ब रुपैयाँको वस्तु आयात गरेको छ । त्यस्तै २ खर्ब ७७ अर्ब रुपैयाँको वस्तु निर्यात भएको तथ्याङ्क छ । आयात अघिल्लो वर्षको तुलनामा १३ दशमलव २५ प्रतिशतले बढेको छ । त्यस्तै निर्यातमा रेकर्ड बनेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा २०८१—८२ मा निर्यात ८१ दशमलव ८० प्रतिशतले बढेको हो । आर्थिक वर्ष २०८०—८१ मा १ खर्ब ५२ अर्ब रुपैयाँको वस्तु निर्यात भएको थियो । नेपालको वैदेशिक व्यापार घाटा २०८१—८२ मा १५ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वैदेशिक व्यापार घाटा अघिल्लो आर्थिक वर्षको तुलनामा १ खर्ब रुपैयाँभन्दा धेरैले बढेको हो । नेपालको वैदेशिक व्यापार घाटा २०८०—८१ मा १४ खर्ब ४० अर्ब रहेकोमा २०८१—८२ मा १५ खर्ब २७ अर्ब रुपैयाँ छ । अघिल्लो वर्षको तुलनामा व्यापार घाटा ६ प्रतिशतले बढेको हो । नेपालको मुख्यगरी छिमेकी भारत र चीनसँग ठूलो मात्रामा वैदेशिक व्यापार घाटामा छ । सियोदेखि सुनसम्म नेपालले आयात गर्दै आएको छ ।
सियोदेखि सुनसम्म नेपालद्धारा आयात, १८ खर्ब ४ अर्ब रुपैयाँको वस्तु आयात