काठमाडौं । बजेट सार्वजनिक भएको तीनपछि सेयर बजारमा केही वृद्धि भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारमा लिँदै आएको करभन्दा थप कुनै पनि कर नलगाएको प्रस्टीकरण दिएको भोलिपल्ट नेप्से परिसूचक १६ दशमलव ५४ अंकले बढेर १ हजार ८ सय ६६ दशमलव ३४ विन्दुमा बन्द भएको हो ।
संसद्मा अर्थमन्त्री डा. महतले आर्थिक विधेयकमा सेयर बजारमा लिँदै आएको करमा हेरफेर गरेको भन्दै लगानीकर्ता निराश बनेका हुन् । नाफामा पनि आयकर लगाउने भएपछि लगानीकर्ता आन्दोलिन भएका हुन् । जसको असर सेयर बजारमा देखिएको हो ।
बजेट प्रस्तुत भएको भोलिपल्ट नेप्से परिसूचकमा उच्च अंकको गिरावट आएको थियो । नेप्से परिसूचक ५३ दशमलव १६ अंकले घटेर १ हजार ८ सय ८८ दशमलव ६१ विन्दुमा आइपुगेको थियो । बजेट प्रस्तुत भएकै भोलिपल्ट बजार १९ सयको विन्दुमा एक तह तल झर्दा लगानीकर्ता अतालिएका हुन् ।