Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

देशभर ५५ लाख ५४ हजार करदाता, नयाँ प्यान नम्बर लिने ७ लाख ६६ हजार


देशभर ५५ लाख ५४ हजार करदाता, नयाँ प्यान नम्बर लिने ७ लाख ६६ हजार

काठमाडौं । देशभर ५५ लाख ५४ हजार करदाता पुगेका छन् । आर्थिक वर्ष २०७९-८० मा मात्र नयाँ प्यान नम्बर लिने करदाता ७ लाख ६६ हजार जना थप भएका छन् । यस आवमा आयकरतर्फ कुल करदाताको ५२.२४ प्रतिशत र मूल्य अभिवृद्धि करतर्फ ६१.७३ प्रतिशत करदाताले मात्र विवरण बुझाएका छन् । यस आवमा आव २०७८-७९ को तुलनामा आन्तरिक राजस्व संकलन ०.७७ प्रतिशतले ऋणात्मक रहेको छ ।

सो आवमा ४ खर्ब ८३ अर्ब ५२ करोड रुपैयाँ आन्तरिक राजस्व उठेको थियो । अघिल्लो वर्ष भन्दा मूल्य अभिवृद्धि कर र अन्तःशूल्कमा झिनो वृद्धि भएपनि आयकरमा बढी कमी आएको देखिएको छ । यसले वृद्धिदरमा प्रभाव पारेको हो । विभागका अनुसार अहिले कारोबार गरेका तर विवरण नदिने ननफाइलर करदाताको विवरण देखिने प्रणाली विकास गरिएको छ । अर्कोतर्फ झुट्टा तथा नक्कली बिल बिजक प्रयोग गरेका १९८६ करदातामाथि छानबिन-अनुसन्धान समेत विभागले थालेको छ ।